डाेल्पान्युज डेक्स
सुर्खेत,पुस ९ गते ।नेपाली कांग्रेसको सयदिने साङ्गठनिक विशेष अभियान डाेल्पामा जारी छ ।
सांगठानिक हिसावले जिल्लामा कमजोर मानिएकाे नेपाली कांग्रेस पछिल्लाे समय संगठन सुदृढीकरण तथा विस्तारमा आफुलाई कसिलो बनाउदै गएकाे छ ।
यसैक्रममा नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्र ख का सभापति माेति प्रसाद उपाध्यायकाे नेतृत्वमा जिल्लाका बरिस्ठ नेता गाैरीशंकर उपाध्याय र तरुण केन्द्रीय सदस्य तुलबहादुर बाेहरा सहितकाे टाेली विशेष अभियान अन्तर्गत मुड्केचुला गाउँपालिकाकाे घरदैलो अभियानमा छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन यही १६ पुसमा अभियान समापन गर्ने गरि जिल्ला कांग्रेस नेताहरु अभियानमा समाहित छन।
सत्तामा पुगेपछि सङ्गठनलाई चलायमान गराउने सन्दर्भमा बेवास्ता गर्ने बानी परेको कांग्रेसले सयदिने अभियानलाई मातहतका सम्पूर्ण संरचना चलायमान बनाउने एउटा महत्वपूर्ण कडीका रूपमा लिएको छ ।
पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण तथा नवीकरण कार्यलाई तीव्रता दिने अभियानकाे उद्देश्य रहेकाे वरिष्ठ जिल्ला नेता गाैरीशंकर उपाध्यायले जानकारी दिनु भयाे ।
अभियानका क्रममा कार्यालयलाई व्यवस्थित गर्ने, मासिक रूपमा सबै तहका बैठक र वडा तहसम्म सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजाने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका कार्यक्रम रहेका छन् ।
अभियननकै क्रममा मुड्केचुला गाउँपालिकाकाे वडानम्वर ६ नर्कुमा भएकाे घरदैलो कार्यक्रममा नेकपा एमालेका क्रियाशील नेता बलजीत बुढा नेकपा माओवादी केन्द्रका कार्यकर्ता भरुनी बुढा र रत्नबहादुर बुढामगर सहितका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेकाे नेपाल तरुण दलका केन्द्रीय सदस्य तुलबहादुर बाेहाेराले जानकारी दिनु भयाे ।
नेपाली कांग्रेस मुड्केचुला गाउँपालिका उपसभापति बर्णबहादुर शाहीकाे अध्यक्षमा भएकाे कार्यक्रममा प्रदेश ख सभापति माेतिप्रसाद उपाध्याय वरिष्ठ नेता गाैरीशंकर उपाध्याय र तरुण केन्द्रीय सदस्य बाेहाेराले नवप्रवेशीहरुलाई राईका अविर टीका लगाएर पाटीकाे सदस्यता दिएर प्रवेश गराउनु भएकाे थियाे ।
पछिल्लो समय विभिन्न पाटीकाे अभियानमा हिमाली जिल्ला डाेल्पामा एक पाटीबाट अर्काे पाटीमा प्रवेश गर्ने लहर नै चलेकाे छ ।असोज १ गतेदेखि सुरु भएको सत्तारूढ नेपाली कांग्रेस पाटीकाे विशेष अभियान १६ पुसमा सम्पन्न हुने छ ।