२०७९ मा भएकाे स्थानीय तह निर्वाचनमा वडाअध्यक्षकाे टिकट नपाएर रुष्ट बनेका कांग्रेस कार्यकर्ता कर्मसि थापा एमालेमा प्रबेश गरेका छन ।त्रिपुरासुन्दरी नगरपालिका-१ गल्ली गाउँ निवासी कांग्रेस कार्यकर्ता थापा पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन ।
लामाे समयसम्म नेपाली कांग्रेस पार्टीमा रहि पहिलाे स्थानीय तह निर्वाचनमा २०७४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएर काम गरिसकेका थापा ०७९ मा पुन वडाअध्यक्षमा उम्मेदवार बन्न इच्छुक थिए।
आफू भए ठिक अरु भए बेठिक भन्ने मानसिकता बाेकेका थापाले गएकाे स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाअध्यक्षका उम्मेदवारलाई भाेट नहाली एमालेकै उम्मेदवारलाई आफुसहित गाउँलेका भाेट समेत हाल्न लगाएका थिए ।
संस्थागत विकास र सम्बृद्दिमा नभई ब्यक्तिगत लाभ र पदीय लाेभमा लागिरहने ब्यक्ति जाे सुकै पार्टी वा संस्थामा लागेपनि खासै असर नपर्ने कांग्रेसका जानकारहरु बताउछन् ।यसैगरी नेपाली कांग्रेस परित्याग गर्दै रामप्रसाद देबकाेटा माओवादी परित्याग गर्दै निर्मला शाही र बीरबहादुर थापा एमाले पार्टीमा प्रवेश गरेका छन ।