ताजा समाचार

डोल्पाको दुनैमा औद्योगिक प्रदर्शनी प्रदर्शनी मेला सुरु

डोल्पा, फागुन ५ गते– डोल्पाको सदरमुकाम दुनैमा औद्योगिक मेला प्रदर्शनी सुरु भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयकाे डोल्पाको आयोजनामा सुरु भएको मेला फागुन ६ गतेसम्म सञ्चालन हुनेछ।

दुई दिने प्रदर्शनी मेलाकाे जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाले ब्यानर पढेर उद्घाटन गर्नु भयाे ।उद्घाटनकाे अवसरमा बाेल्दै समन्वय प्रमुख राेकायाले  यस्ता प्रदर्शनी स्थानीय तहमै पनि गरिनुपर्नेमा जोड दिनु भयाे। “उत्पादन गरिएका वस्तुहरू निर्धक्क प्रदर्शन गर्नुपर्छ। उद्यमी विकासका लागि सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक छ,” उहांले भन्नु भयाे।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोमबहादुर महतले सडक पहुँच विस्तारसँगै बजारकरणमा सुधार आएको उल्लेख गर्नु भयाे। “पहिले सिमी, स्याउ, केसर, अंगुरजस्ता स्थानीय उत्पादन गाडी नपुग्दा खेर जाने गुनासो थियो।

प्रद्रअहिले सडक सञ्जालसँगै उत्पादित सामान गाडीमा भरेर पठाउन सकिन्छ,” उहांले भन्नु भयाे। साथै, बेरोजगारी बढ्दै जाँदा सामाजिक असन्तुष्टि निम्तिन सक्ने भन्दै स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयाे।

उद्योग वाणिज्य संघका अध्यक्ष लाललिमान बुढाले मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने बताउनु भयाे। “हरेक वर्ष राम्रै प्रदर्शनी हुने गरेको छ। यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको हो,” उहाले भन्नु भयाे। उहाले भौगोलिक विकटता, विद्युत अभाव जस्ता चुनौती भए पनि उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनु भयाे। “अनुदान मात्र दिने होइन, स्थानीय उत्पादनलाई व्यापारिक रूपमा अघि बढाउन आवश्यक छ,” उहाले थप्नु भयाे।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख खिमप्रकाश शाहले मेलामा १९ वटा स्टल राखिएको र  जगदुल्ला, मुड्केचुला गाउँपालिका तथा त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखिएको बताउनु भयाे।

प्रदर्शनीमा उत्कृष्ट कृषकहरूलाई प्रोत्साहित गर्न प्रतिस्पर्धात्मक मूल्यांकन गरी प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने शाहले जानकारी दिए।प्रजातन्त्र दिवसकाे दिन फागुन ७ गते विशेष कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने छ ।

प्रदर्शनीमा अल्लाेबाट बुनेका कच्चा कपडा सिलाजित दांतेओखर स्याउ सिबक्थ्राेनबाट बनेकाे जुस स्थानीय उत्पादित रैथाने बाली कागुनाे चिनाे काेदाे सिमि मकै लगायतका उत्पादन राखिएकाे छ । प्रदर्शनी मेलाकाे उद्घाटनमा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख स्थानीय कृषक तथा सर्वसाधारणको उपस्थिति रहेकाे थियाे ।प्रमुख अतिथि लगायतले प्रदर्शनी स्टलहरुकाे अवलाेकन समेत गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!