दशै तिहारको अबसर पारेर त्रिपुरासुन्दरी नगरपालिकाले पहिलाे पटक धार्मिक पर्यटन महा्ेत्सवकाे आयाेजना गर्ने भएकाे छ ।त्रिपुरासुन्दरी नगरपालिका भित्र रहेका धार्मिक स्थलहरुकाे प्रचार प्रसार तथा स्थानीय अर्गानिक उत्पादनलाई प्राेत्साहन गरि बजारिकरणमा सहयाेग पुर्याउने उद्देश्यले महाेत्सवकाे आयाेजना गर्न लागिएकाे बताईएकाे छ ।बाला त्रिपुरासुन्दरी धार्मिक पर्यटन महाेत्सवकाे बारेमा जानकारी दिन महाेत्सव आयाेजक मुल समाराेह समितिले आईतवार त्रिपुराकाेटबगरस्थित सुप्रभा हाेटलमा पत्रकार सम्मेलेनकाे आयाेजना गरि कात्तिक १५ गते देखि २२ गते सम्म बाला त्रिपुरासुन्दरी धार्मिक पर्यटन महाेत्सव २०८० आयाेजना हुन लागेकाे जानकारी दिइएकाे हाे ।महाेत्सवका गर्नुकाे उद्देश्य र लागत खर्चका बारेमा बाेल्दै महाेत्सव मुलसमाराेह समितिका सदस्य सचिव हिराचन्द धरालालाे नगरपालिकाकाे धार्मिक तथा पर्टकीय स्थलहरु स्थानिय कलाभेषभुषा र स्थानीय संस्कृति झल्काउने नृत्य लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुवाट समेत विभिन्न सास्कृतिक झलकहरु प्रस्तुत गर्ने बताए ।महाेत्सवकाे माध्यमबाट नगरकाे पर्यापर्टन र स्थानीय घरेलु उत्पादन तथा अर्गानिक बालिहरुकाे प्रचारप्रसार गर्ने उद्देश्य महनेत्सवकाे रहेकाे सदस्य सचिव धरालाकाे थियाे ।बालात्रिपुरा सुन्दरी सांस्कृतिक महोत्सव २०८० समेतको नाम दिइएकाे धार्मिक पर्टन महाेत्सवका अवसरमा तेस्रो मेयर कप खुल्ला भलिबल र जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियोगिताकाे समेत आयाेजना गरिने भएकाे छ ।
महाेत्सव मुलसमाराेह समितिका संयाेक तथा ४ नम्बरका वडा अध्यक्ष रन्जित बुढाले नगरपालिकाले यसरी कार्यक्रम गर्न लागेको पहिलो पटक भएकोले यसलाई सफलिभूत बनाउन सबैकाे सकरात्मक सहयाेगकाे आबश्यकता रहेकाे बताए ।महाेसव अवधि भर खेलाइने खुल्ला भलिबल प्रतियोगिताकाे लागि पहिलाे हुने खेलाडि समुहलाई ३ लाख दाेर्साे हुनेलाई २ लाख र तेर्साे हुनेलाई १ लाख रुपैयाकाे पुरस्कारकाे ब्यवस्था गरिएकाे मुलसमाराेहले जनाएकाे छ ।यस्तै गरि ब्याडमिन्टन खेल तर्फ पहिलाे हुनेलाई २५ हजार दाेर्साे हुनेलाई २० हजार र तेर्साे हुनेलाई १५ हजारकाे धनराशि काे पुरस्कारको ब्यवस्था गरिएकाे पनि महाेत्सव खेलकुद उपसमितिका संयाेजक तथा वडानम्वर २का वडाअध्यक्ष टंक थापाले जानकािर दिए ।
महाेत्सव मुल समिती संयोजकमा वडा नम्बर ४ का अध्यक्ष रन्जित बुढा लगाएत ११ वडाका अध्यक्षहरु सदस्य रहेका छन ।त्यस्तै गरि महाेत्सवलाई थप राेचक बनाउन तथा महाेत्सव हेर्न आउने दर्शकहरुलाई भरपुर मनाेरन्जन दिनका लागि त्रिपुरासुन्दरीका वडा नम्वर १ का वडाअध्यक्ष रामचन्द्र कुलाल रहेकाे सांस्कृतिक उपसमिति समेत रहेकाे छ ।कार्यक्रमको उद्घाटन कार्तिक १५ गते भई २२ गते भित्र सम्पन्न गर्ने गरि तयारी भईरहेकाे त्रिपूरासुन्दरी नगरपालिका महाेत्सव आयाेजक मुलसमितिले पत्रकार सम्मेलन मार्फत आइतबार सार्बजनिक गरेको छ ।महाेत्सव अवधिभर आयाेजना गरिने खुल्ला खेलकुद प्रतियोगिताकाे लागि खेल समूह दर्ता कात्तिक १२ गते देखि १४ गते सम्म दर्ता हुने समेत महाेत्सव मुल समितिले जनाएकाे छ ।