ताजा समाचार

सुशासन कायम राख्न संचारकर्मीकाे भूमिका महत्त्वपूर्ण: प्रजिअ महत

डाेल्पान्युज डेक्स

प्रमुख जिल्ला अधिकारी राेमबहादुर महतले सुशासन कायम राख्न संचारकर्मीकाे भूमिका महत्त्वपूर्ण हुने बताउनु भएकाे छ ।

असाेज ७ मा नयाँ प्रमुख जिल्ला अधिकारीकाे रुपमा डाेल्पा आउनु भएका प्रजिअ महतले जिल्लास्थित क्रियासिल पत्रकारहरुसंगकाे भेटमा उक्त कुरा बताउनु भएकाे हाे ।

जिल्लाकाे बस्तुस्थिति र सुशासन कायम राख्न पत्रकारले खेल्नु पर्ने भूमिका लगायत समसामयिक विषयक छलफलमा जिल्लाकाे शैक्षिक सामाजिक आर्थिक लगायत विकास निर्माण कार्यमा सुशासन कायम राख्ने सवालमा आफू प्रतिबद्ध रहेकाे समेत भेटमा प्रजिअ महतले बताउनु भयाे ।

आफ्नाे एक्लाे प्रयासले मात्र सम्भव नहुने भएकाले सत्य तथ्य सुचना प्रवाह गरि शान्ति सुरक्षा अमैनचयन स्थापना गरि सुशासन कायम राख्ने काममा संचारकर्मीकाे पनि त्यतिकै महत्त्वपूर्ण भूमिका रहने प्रजिअ महतकाे भनाई थियाे ।

उपस्थित संचारकर्मीले सिमासुरक्षा जिल्लाकाे सिमाङकन विवाद लगायत विकास निर्माणमा भईरहेकाे ढिलाई जिल्लास्थित सरकारी कार्यालयमा सुचना प्रवाहकाे अवस्था र माेवाइल नेटवर्किङ निकट भविष्यमा विस्तार हुन थालेकाे फाइवर नेट संचारकर्मीले खेल्दै आएकाे भूमिका लगायतका विषयमा सुझाव राख्नु भएकाे थियाे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सराेज थापा महासंघका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा महासंघका सचिव लेख बुढा लगायतका संचारकर्मीकाे सहभागिता रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!