ताजा समाचार

नेपाल निजामती कर्मचारी संगठन डाेल्पाकाे अध्यक्षमा केशबराज न्याैपाने

विष्णुप्रसाद देवकोटा

नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन डाेल्पाकाे अध्यक्षमा केशबराज न्याैपाने सर्वसम्मत चयन हुनु भएकाे छ ।सदरमुकाम दुनैस्थित जिल्ला समन्वयको सभाहलमा सम्पन्न ११औ जिल्ला अधिवेशनबाट न्याैपाने अध्यक्षमा सर्वसम्मत चयन हुनु भएकाे हाे ।

यसैगरी उपाध्यक्षमा संगिता बुढा,डम्बरबहादुर कठायत सचिवमा अमृतकुमार बुढा सहसचिवमा मानबहादुर खड्का र काेषाध्यक्षमा रत्न बाेगटी चयन हुनु भएकाे निर्वाचन कमिटीका अध्यक्ष विष्णुलाल बुढाले जानकारी दिनु भयाे ।

यसैगरी धर्मराज रावल हिरा थापा जसा बुढा ज्ञानेन्द्र विक बमबहादुर सार्की सन्ताेष बाेहाेरा अक्कल बहादुर कटुवाल कमला गुरुङ हिम बहादुर बुढा पेम्बा बुढा सृजाा राेकाया ऋतु थापा  र ज्वाला नेपाली  सहित १५ सदस्य गरेर २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएकाे छ ।

निर्वाचन कमिटीका अध्यक्ष बुढाका अनुसार प्रदेश कमिटी प्रतिनिधिमा कालिबहादुर राेकाया खगेन्द्र ऐडि शान्ति महतारा र बाले बाेहरा चयन हुनु भएकाे छ ।

त्यस्तै गरि केन्द्रीय प्रतिनिधिमा बिर्षबहादुर भण्डारी हिराचन्द्र धराला दिलु कुमारी बुढा चयन हुनु भएकाे छ ।नवनिर्वाचित अध्यक्ष केशवराज न्याैपानेले कर्मचारीकाे पेशागत हकहितकाे लागि सदैब लडिरहने बताउनु भयाे ।

नेपाल निजामति कर्मचारी स‌ंगठन डोल्पाले संगठनमा रहेर काम गर्ने ५ जनालाई दोसल्लाह ओढाएर सम्मान गरेको थियो भने केहि नयाँ सदस्यहरुलाई सदस्यता समेत वितरण गरेको छ ।

नेकपा एमाले डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले अधिबेशन उद्घाटनकाे अवसरमा बाेल्दै निजामती  कर्माचारी संगठनमा रहने कर्मचारीलाई अरु संगठन भन्दा फरक हिसावले जनमुखि भएर सेवा प्रदान गर्न आग्रह गर्नु भयाे।

तपाइको प्रतिक्रिया

error: Content is protected !!