भेरीकरिडाेर अन्तरगतकाे त्रिपुराकाेट दुनै सडकखण्डमा पर्ने माेतिपुर दलितबस्तीदेखि खाेला सम्मकाे सडककाे मर्मत गरिएकाे छ ।ठुलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढाकाे निर्देशनमा सडक मर्मतका साथै ढल ब्यवस्थापन समेत गरिएकाे हाे ।
सडककाे माथि र तल दुबै तर्फ मानववस्ती र खुलारुपमा छाडिएकाे पानी सिधै सडकमा जांदा सडक हिलाम्मे बनेर सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनमा समस्या हुँदै आएकाे थियाे ।
सडकमा बगिरहेकाे खुला पानिले हिलाम्मे बनेकाे सडकमा सवारी चलाउने चालकदेखि पैदल यात्रुले समेत सम्बन्धित नगरकाे ध्यानपुग्न नसकेकाे गुनासाे भइरहेका बेला नगरप्रमुख बुढाकाे निर्देशनमा सडकलाई पानी र हिलाेबाट बचाउन साईड नालाहरु निर्मागरि सडककाे मर्मत गरिएकाे नगर प्रमुख सचिवालय तथा नगरप्रमुख स्वकिय रेखामान बुढाले जानकारी दिए ।
सडक मर्मतका साथै सडकमा छाडरुपमा बगिरहेकाे पानी नालि निमार्ण गरेर निकास गरिएपछि सवारी साधन तथा पैदल यात्रुलाई आवागमनमा सहज भएकाे छ ।
उक्त सडकखण्ड ठुलिभेरीनगरपालिका भुक्षेत्रमा पर्ने भएपनि सडक मर्मतकाे काम भेरीकरिडाेर कार्यालयकाे जिम्मेवारी हाे तर भेरीकरिडाेरले निर्मागर्दा प्रकृयागत रुपमा जांदा समय लाग्ने भएकाले नगरअगाडिकाे सडककाे सामान्य मर्मतकाे लागि भेरिकरिडाेरकाे मुख हेर्नू उपयुक्त नभएकाले आफ्नाे निर्देशनमा सडक मर्मतकाे साथै ढल ब्यवस्थापनकाे काम गरिएकाे नगरप्रमुख बुढाले बताए ।
यसअघि पनि नगरप्रमुखकाे निर्देशनमा जुफाल विमानस्थल तलतीर माेतिपुर गाउँमाथि पर्ने सडक खण्डकाे ढल ब्यवस्थापनका साथै सडक मर्मतकाेे काम भएकाे थियाे ।