ताजा समाचार

भूमि समस्या समाधान आयोग डाेल्पाकाे अध्यक्षमा एमालेका तुलाचन्द्र बुढा

डाेल्पान्यूज डेक्स

नेपाल सरकारले भूमि आयाेग जिल्ला कार्य समिति डाेल्पाकाे अध्यक्षमा तुलाचन्द्र बुढालाई   नियुक्त गरेकाे छ । देशका ७७ वटै जिल्लामा भुमि सम्बन्धि समस्याकाे समधान गर्न सरकारले भुमि  आयाेगका अध्यक्ष नियुक्त गरिरहेकाे छ ।

जसमा डाेल्पकाे अध्यक्षमा त्रिपुरासुन्दरी नगरपालिका  वडा नं  २ निवासी नेकपा एमालेका नेता बुढा भूमि समस्या समाधान आयोग जिल्ला कार्यसमिति डाेल्पाकाे अध्यक्षमा नियुक्त हुनु भएकाे हाे ।

सुकुम्बासी, अव्यवस्थित बसाेबास,भूमिहिनहरुकाे लगत संकलन गर्ने,जिल्लामा रहेकाे सार्वजानिक जग्गा संरक्षण गर्ने लगायतका कामलाई सबैकाे समन्वय र सहकार्यमा अघि बढाउने नवनियुक्त अध्यक्ष तुलचन्द्र बुढाले बताउनु भयाे ।

डाेल्पाका भूमिहिन नागरिककाे राहत तथा पुर्नस्थापनाकाे काममा विशेष प्रथामिकता दिने छु । उहाले भन्नु भयाे,’जिल्लामा नापी,मालपाेत,नागरिक समाज,पत्रकार महासंघ,राजनीतिक दल,जिल्ला समन्वय समिति लगायत सबै सराेकारावाल संग समन्वय सहकार्य गरि अघि बढ्ने छु । साथै भूमि सम्बन्धि समस्या समधान गर्न मेराे जिम्मेवारीनुसार दत्त चित्त भएर काम गर्न प्रतिबद्द छु ।

जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र  आठ वटै स्थानीय तहका  वडाध्यक्षहरुसंग समेत समन्वय गरेर भुमि सम्बन्धि समस्या समधान गर्न काम गरिने अध्यक्ष बुढाले डाेल्पान्यूजलाई  जानकारी दिनु भयाे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट अध्यक्ष बुढाले शुक्रबार  नियुक्ती बुझ्नु भएकाे छ।

भूमि आयाेगकाे गठनसंगै जिल्लामा सरकारी जग्गाकाे संरक्षण तथा भुमिहिनहरुलाई राहत हुने अपेक्षा गरिएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!