ताजा समाचार

रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराए : प्रमुख सचेतक सन्तोष परियार 

पुर्ण सार्की/ सुर्खेतराष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएको बताएका छन्। राष्ट्रिय दलित आयोगले कर्णालीमा बालबिवाह सम्बन्धि आयोजना गरेको कार्यक्रममा सहभागी हुन राजधानी सुर्खेत पुुगेका  परियारले पत्रकार भेटघाटमा यस्तो बताएका हुुन् ।

रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएका छन् । त्यसैले रास्वपा नबने नयाँ पुस्तालाई समेत घाटा हुन्छ’ उनले भने, ‘रास्वपालाई सकाउने प्रयत्न भइरहेको छ । यदी रास्वपा सकिएमा कैयौ वर्षसम्म नयाँ धार खडा हुने छैेनन्, त्यो संभव पनि छैन, यी पुरानै दलले जनतालाई ठगिरहने छन् । त्यसैले रास्वपा बनाउनमा नयाँ पुुस्ताले साथ दिनुुपर्छ ।’

प्रमुख सचेतक परियारले वर्तमान सरकारले रास्वपा र पार्टी सभापति रवि लामिछाने माथि भएको प्रतिशोध र चौतर्फी हमला बारे प्रष्ट परे ।

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पुराना राजनीतिक दल जनताको पार्टी बन्न नसकेको कारण रास्वपाको उदय भएको उनको दाबी छ । पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुक निर्माणको जिम्मा रास्वपाले इमानदार र गम्भीर भएर लिन चाहेको उनले स्पष्ट पारे ।

उनले थपे, ‘मुलुकमा कोही न कोहीले हस्तक्षेप गर्नुपर्ने थियो । त्यो रास्वपाले गरेको छ । घरघरमा गएर नमस्कार गरेर भोट माग्ने नेताहरुले नै जनतालाई डण्डा लगाउने काम गरेका छन् । ती नेताहरुलाई खबरदारी गर्न जनता जाग्नुुपर्छ ।

वर्तमान सरकारका कारण चारैतिर राजनैतिक वितृष्णा र निराशा छाएको उनको दावी छ । रास्वपालाई कमजोर बनाउन सकिन्छ कि भनेर राजनीतिक प्रतिसोध लिएर रवि लामिछाने माथि सरकार खनिएको उनको आरोप छ ।

‘पार्टी सभापति रवि लामिछानेको मुद्दमा अनुसन्धान जारी छ । निर्णयमा ढिलाइ भएको छ । न्याय मरेको छैन अदालतले सत्य निर्णय गर्नेछ’ उनले भने, ‘यो राजनैतिक प्रतिसोधको मुुद्दा नै हो । यदी सबै मिलेर हामीलाई मुद्दामा हाराएनि ईतिहासले यसको उचित मुल्यांकन गर्नेछ ।’

तपाइको प्रतिक्रिया

error: Content is protected !!