ताजा समाचार

कृषि र पशुसेवा कार्यालयबाट संचालित कार्यक्रम तथा याेजनाहरुकाे संयुक्त अनुगमन सम्पन्न

विष्णुप्रसाद देवकोटा

जिल्ला कृषि विकास र पशु अस्पताल तथा पशुसेवा कार्यालयवाट यहाका विभिन्न स्थानीय तहहरुमा संचालित कृषक लक्षित कार्यक्रम तथा याेजनाहरुकाे संयुक्त अनुगमन गरिएका छन ।

जगदुल्ला गाउँपालिका- ४ ओग्लेनमा कृषि विकास कार्यालयवाट संचालित साना सिचाई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएकाे अनुगमनकाे क्रममा पाइएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दामाेदर ज्ञावली कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी पशुसेवा कार्यालयका प्रमुख जरबहादुर भक्री लगायतकाे संयुक्त टाेलिले उक्त याेजनाकाे स्थलग अनुगमन गरेकाे हाे ।

कृषि कार्यालयकाे ७ लाखकाे लागतमा १६ सय मिटर लामाे मुहानबाट ३२ एमएमकाे पाईपबाट पानी ल्याई १० हजार लिटरकाे रिजर्भ ट्याङ्की  समेत निर्माण गरेर स्याउल लगायतका विरुवाहरुमा सिचाई सुविधा पुर्याइएकाे छ ।

थारै लागतमा सम्बन्धित कार्यालयकाे प्रत्यक्ष निगरानीमा उपभोक्ता मार्फत निर्माण गरिएकाे साना सिचाई स्थानीय उपभोक्ताले झण्डै ५० प्रतिसत श्रमदान दिएकाे याेजना गुणस्तरीय एवं प्रभावकारी भएकाे पाइएकाे अनुगमनमा संलग्न सहभागिहरुले बताए ।

यस्तै गरि जगदुल्ला – ४ मै स्थापना भई संचालनकाे अन्तिम चरणमा रहेकाे भनिएकाे चिज उद्योगकाे पनि संयुक्त टाेलिले अनुगमन गर्दा आब २०७८/०७९ देखि निर्माण गरिएकाे भनिएकाे उद्योगमा केही कामहरु अपुराे रहेकाे झ्याल पल्लाहरु लगाउन बांकी रहेकाे चिज उद्योगकाे लागि आबश्यक उपकरण र आैजारहरु उद्योगसम्म आइपुगे पनि प्राविधिक ज्ञानकाे अभावमा संचालनमा आउन नसकेकाे स्थलगत अनुगमनमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी ज्ञावलीले बताए ।

उद्योगकाे अपुराे कार्य पूरा गरि यथाशीघ्र उद्योग संचालनकाे लागि ध्यान दिन पशु अस्पताल तथा पशुसेवा कार्याल प्रमुख भक्रीलाई सहायक प्रजिअ ज्ञावलीले निर्देशन समेत दिएका छन ।

उद्याेग निर्माणका क्रममा केही काम अपुराे रहंदा पनि कार्यालयवाट भने सबै रकम भुक्तानी भइसकेकाे पाइएकाे छ ।यसैगरी पशु कार्यालयवाट संचालित पंचा पाटन चाैरी पालन फर्म माैरेकाे पनि स्थलगत अनुगमन गरिएकाे थियाे ।

चाैरी फर्म अन्तरगत खाेर निर्माण तथा चाैरी खरिद लगायतकाे लागि पशु अस्पताल  तथा पशुसेवा कार्यालयवाट ३० लाख रुपिया उपलब्ध गराइएकाे थियाे ।

डाेल्पाकाे जगदुल्ला र जुम्ला जिल्लाकाे सिमा क्षेत्रमा पर्ने पंजा भालुपाटन चाैरी   फर्ममा फर्मकाे र स्थानीयकाे समेत गरेर ५ सय १० काे संख्यामा चाैरीहरु रहेका छन ।

चाैरीकाेटमा स्थापना गरिएकाे चिज उद्योगलाई मध्यनजर गरेर चाैरी गाईकाे दूध उत्पादन गर्ने चाैरी फर्मकाे स्थापना गरि ब्यवसायिक रुपमा चाैरी पालन गरिएकाे बताउदै चाैरीगाईकाे दुधवाट बन्ने विभिन्न चिज ,छुप्प्री लगनयत चक्कलेटहरुकाे उत्पादनकाे माध्यमबाट स्थानीयकाे आयआर्जनमा बृद्दि ल्याउने उद्देश्यले चिज उद्योग र चाैरी फर्मकाे अवधारण अनुरुप सहयाेग भएकाे पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताए ।

यसै त्रिपुरासुन्दरी नगरपालिकामा रहेकाे मुलपानि पशुपालन कृषक समूह त्रिपुरासुन्दरी २ रसिलाई समेत।ब्यवसायिक चाैरी ब्लक कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशुसेवा कार्यालय र स्याउ जाेन कार्यक्रमले चाैरी खरिद तथा खाेर निर्माणकाे लागि ३० लाख रपिया सहयाेग गरेकाे छ ।

उक्त चाैरी पालन ब्यवसाय र खाेर निर्माणकाे प्रभावकारिता र क्रियाशीलतालाई अझ शक्रियरुपमा के कसरी अगाडि बढाउन सकिन्छ भनेर  जिल्ला समन्वय प्रमुख श्याम राेकाय ,नगरप्रमुख जनचन्द्र राेकाय सहित संयुक्त अनुगमन टाेलिले चाैरी ब्यवसाय र खाेर निर्माण लगायतका विषयमा स्थलगत अनुगमन समेत गरेकाे थियाे ।

अबकाे केही वर्ष पछि पाँच  हजारमा धान्नीमा चाैरी गाईकाे घ्यु लैजाउ लैजाउ भन्ने अवस्था बनाउने उद्देश्यले आफू लागि परिरहेकाे मुलपानि पशुपालन कृषक समूह अन्तर्गत ब्यवसायिक चाैरी ब्लकका अध्यक्ष अलिप्रसाद बुढाले बताए ।

यसै गरि त्रिपुरासुन्दरी नगरपालिका-६ पालङ्स्थित कुमार कृषि जडिबुटी पशुपंक्षि फलफुल तथा नगदेबालि उत्पादन समूह र दिपेन्द्र बाेहाेरा अध्यक्ष रहेकाे रैथाने बालि संरक्षण संबद्धर्न अन्तर्गत ओखर सिमि गहुँ तरकारी केरा उत्पादन र मलखाद निर्माणका लागि कृषि विकास कार्यालयवाट भएकाे सहयाेग कार्यक्रमकाे समेत अनुगमन गरिएकाे थियाे ।जिल्लास्थित सरकारी कार्यालय र केही गैर सरकारी संस्थाहरुले आफै धामीझाँक्री आफै बाेक्सी भए झै विकास याेजना कार्यक्रम दिने आफै अनुगमनकाे नाममा अनियमितता गर्ने नभएपनि ठिक छ भनी भुक्तानी सिफारिस गर्ने आफै भुक्तानी समेत लिन पछि नपर्ने प्रबृत्ति बढिरहेकाे छ ।

यस्ताे अवस्थामा जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशुसेवा कार्यालयले भने समय समयमा आफ्नाे कार्यालयवाट संचालित याेजना र कार्यक्रम रहेका जिल्लाका विभिन्न स्थानीय तहहरुमा जिल्लास्थित सराेकारवाहरुकाे सर्वपक्षिय स्थलगत अनुगमन गराउने परम्पराकाे थालनि गरेका छन ।

सर्वपक्षीय अनुगमनले याेजना कार्यक्रम कार्यान्वयनमा सहजका साथै भुक्तानीमा समेत सरलिकृत हुने र पार्दशिता एबं जवाफदेहिता पनि हुने भएकाले पशु कार्यालय र कृषिले संयुक्तरूपमा सर्वपक्षिय अनुगमन प्रणाली लागू गरेकाे कृषि कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

संयुक्त अनुगमन टाेलिमा सहायक प्रमुख जिल्ला अधिकारी दामाेदर ज्ञावली,उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाका प्रमुख सत्या बहादुर भण्डारी कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी प्रास गाेर बहादुर बुढा पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख जरबहादुर भक्री प्रास प्रेम पुन मगर पत्रकार महासंघ डाेल्पाका संस्थापक अध्यक्ष एवं डाेल्पा नूयुज डटकमका संचालक विष्णुप्रसाद देवकोटा महासंघका सचिव लेख बुढा सहित सुरक्षा निकायका प्रमुखहरु समेतकाे सहभागिता रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!