डाेल्पा । शे-फाेक्सुण्डाे गाउँपालिका वडा नं. ८ मा रहेकाे श्री तापरिचा माध्यमिक बिधालयमा अध्ययनरत २ बालिकाको फाेक्सुण्डाे नदिमा डुबेर निधन भएकाे छ।
बिधालय नजिकै रहेकाे फाेक्सुण्डाे नदिमा शनिबार बिहाना कक्षा ५ मा अध्ययनरत काईके गाउँपालिका – ५ बैजिबारा बस्ने बर्ष १२ कि रविना बिष्ट र साेही वडा की कक्षा २ मा अध्ययनरत बर्ष १० कि साेनी बुढाकाे पानीमा डुबेर ज्यान गएकाे हाे ।
नेपाल प्रहरी , स्थानीय स्वास्थ्यकर्मी ,जनप्रतिनिधि, विद्यालय शिक्षक र निकुञ्ज कर्मचारी लगायतको उपस्थितिमा मुचुल्का तयार गरि शब पोस्टमार्टमका सदरमुकाम दुनै जिल्ला अस्पतालमा ल्याइदै छ।
आवासीय व्यवस्था रहेकाे, पठनपाठनमा नमुना बिधालयकाे रुपमा परिचित तापरिचा माध्यमिक बिधालयमा जिल्लाका विभिन्न स्थानबाट अध्ययन गर्नकाे लागि त्यहाँ पुगेका हुन ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।