ताजा समाचार

समाचार प्रकासित पछि भयाे, जुफाल सडकसुधारकाे काम

अब्यवस्थित पानीले हिलाम्मे भएर जाेखिम बढाएकाे डोल्पा जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डको बजार तलको सडक सुधार भएकाे छ ।

जुफाल बजारमा रहेका हाेटल तथा नीजि घरहरुबाट छाडारुपमा सडकमा नै निकास गरिएकाे पानीकाे कारणले सडक जाेखिम बढाएकाे समाचार स्थानीय तथा राष्ट्रिय संचार माध्यममा प्रकासित भएपछि ठुलिभेरी नगरपालिकाले तत्काल सडक सुधारकाे काम गरेकाे हाे ।

जफाल विमानस्थलबाट  करिब एक किलोमीटर दुरीमा रहेको सडकमा बजारबाट सिधै पानी छाडेर सडक हिलाम्मे भइ सवारी साधन तथा पैदल यात्रीलाई समेत सास्ती भई दुर्घटनाकाे जाेखिम बढाएकाे थियाे ।

बुधबार जुफाल बजारबाट सडकमा सिधै निकास गरिएको पानीको व्यबस्थापन सँगै डोजर लगाएर हिलो पनि हटाएपछि सडक सुधार भएको छ ।

नगर प्रमुख सुवर्ण बुढाको निर्देशनमा सडक समाचार प्रकासित भएकाे चाैविस घन्टा नबित्दै  मंगलवार राती देखिनै काम सुरु गरेर सडक व्यबस्थित गरिएको स्वकिय सचिव रेखामान बुढाले जानकारी दिए ।

यस अघि पनि नगरपालिकाले बजारबाट निकास भएको पानी व्यबस्थापन गरेपनि पाइपनै चोरी भएपछि सडक हिलाम्य भएको स्वकिय सचिव बुढाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!