डाेल्पा त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँका जलनबाट घाईते दुई बालककाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
सुं सामुदायिक वनमा भएकाे आगलागीमा चैत २९ गते जलनमा परी घाईते भएका १३ वर्षिय समन्त बुढा र ११ वर्षिय विवस बुढाकाे उपचारकाे क्रममा काठमाडौंकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएकाे हाे ।
बनमा गुच्छी च्याउ टिप्न गएको बेला २९ चैत २०८० मा आगोमा परी रंग गाउँका कक्षा ४ मा पढ्ने ९ वर्षीया बिवस बुढा, १० वर्षीय सुलस बुढा र १३ वर्षीय सुमन्त बुढा घाइते भएका थिए ।
घाईते सलस बुढाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल दुनैमा चैत ३० गते निधन भएकाे थियाे ।काठमाडौंमा उपचारत विवस र समन्तकाे भने उपचारकै क्रममा १ बैशाख २०८१ मा निधन भएकाे आफन्त विकाश बुढा क्षेत्रीले जनाएका छन ।
मृतक बालकहरुकाे काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहासंस्कार गरिने बताइएको छ ।