ताजा समाचार

माओवादी निकट नेपाल बुद्धिजीवी संगठन ठुलिभेरी नगर कमिटीकाे अध्यक्षमा रते राेकाया

डाेल्पा वैशाख १० गते — नेकपा माओवादी केन्द्रको ठुलिभेरी नगर कमिटीको तेस्राे  नगर सम्मेलनको अवसरमा रते  रोकायाको अध्यक्षतामा  नेपाल बुद्धिजीवी संगठनको ठुलिभेरी नगरपालिकास्तरको १८ सदस्यीय समिति गठन  भएकाे छ ।यसैगरी उपाध्यक्षहरुमा हरिप्रसाद कार्की, मान बहादुर बि क, ठूली बोहोरा सर्वसम्मत चयन भएका छन ।त्यस्तै गरी सचिवमा सुमित्रा गुरुङ, कोषाध्यक्षमा कल्पना बुढा सहित सर्वसम्मत चयन गरिएको  नेपाल बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा डोल्पा इन्चार्ज रणबहादुर कार्कीले जानकारी दिनु भयाे सर्वसम्मत रुपमा चयन हुनुभएका पदाधिकारी सहितका  सदस्यहरुलाई ठूलीभेरी नगर समितिको तेस्रो अधिवेशन २०८२ काे प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री राजकुमार शर्माले  टिका लगाई सफल कार्यकालको शुभकामना सहित बधाई दिनु भएकाे थियाे ।यसकाे साथै निर्वाचित सदस्युलाई केन्द्रीय  सदस्य रणबहादुर कार्कीले शपथ ग्रहण गराउनुभएको थियो ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका डोल्पा इन्चार्ज काली चलाउने, कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाही, तथा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य एवं डोल्पा इन्चार्ज रणबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो। नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठनकाे स्थानीयस्तरको कमिटी गठन अहिले त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकास्तरको बुद्धिजीवी संगठन कार्य सम्पन्न भएकाे केन्द्रीय सदस्य कार्कीले जानकारी दिनु भयाे ।

यसैबीच योङग कम्युनिष्ट लिग(वाईसियल )नेपालको ठूलिभेरी नगरपालिका नगर समितिको प्रथम नगर सम्मेलनबाट कमल विककाे नेतृत्वमा ठुलिभेरी नगरस्तरीय किमिटी गठन भएकाे छ ।

सर्वसम्मत चयन भएकाे कमिटीमा उपाध्यक्षमा देवसि कार्की सचिवमा अनिल विक काेषाध्यक्षमा हितकुमार डांगी सह सचिवमा भीम बुढा दलपति कार्की र बमबहादुर विक सहितकाे पैतिस सदस्यीय नगर कमिटी चयन भएकाे नेकपा माओवादी नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य रणबहादुर कार्कीले जानकारी दिनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!