ताजा समाचार

डाेल्पाकाे रसि गाउँमा जिल्ला अस्पतालकाे बृहत् स्वास्थ्य शिविर

जिल्ला अस्पताल डाेल्पाले  त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं २ मा पर्ने रसी गाउँमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।शिविरमा एकै पटक आठ प्रकारका स्वास्थ्य सेवा प्रदान गरिएकाे थियाे ।

स्वास्थ्य सेवा कार्यालय डोल्पा र त्रिपुरासुन्दरी नगरपालिकाकाे सहकार्यमा  दुर्गम गाउँ रसीका जनतालाई आठ प्रकारका स्वास्थ्य दिइएकाे जिल्ला स्वास्थ्य सेवा कार्यालय दुनैले जनाएकाे छ ।

गर्भवती महिलालाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा,निशुल्क स्वास्थ्य परिक्षण,पाठेघरको क्यान्सरको जाँच,खकार परिक्षण, गर्भनिरोध सेवा लगायतका सेवा दिइएकाे हाे  ।

त्यस्तै गरि  गाउँका सत्तरी बर्ष उमेर पुरा भएका बाह्र जना ज्येष्ठ नागरिकलाई टेक्ने लठ्ठी,न्यानो टोपी,साबुन,ब्रस,नङ्कट लगायतका सामाग्री समेत प्रदान गरिएको थियाे।

बुडेसकालको सहाराको रुपमा रहेको लौरो,न्यानो टोपी लगायतका सामान पाएपछि ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा कार्यालय प्रति  आभार प्रकट गरे ।

बुधवार भएको आठ प्रकारका स्वास्थ्य सेवाबाट कुल दुई सय ८३ जना सर्वसाधारण लाभान्वित भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख रत्नबीर सुनारले जानकारी दिए ।

शिविरबाट  महिला दुई सय जना र पुरुष ८३ जनाले सेवा लिएको प्रमुख सुनारले  बताए ।

गर्भवतीको भिडियो एक्सरे सेवा १२ जना,पाठेघरको मुखको क्यान्सरको जाँच ३३ जना,पाठेघर खसेको जाँच ३३ जनाले लिएको र एक जनाको रिंग पेसरी राखिएको डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए ।

त्यसैगरि खकारको नमुना संकलन २५ जनाको,इम्प्लान्ट ८ जनाको र कपर्टी फलोअप तीन जनाको गरिएको उनको भनाई छ ।

यससँगै गत साउनमा अन्धविश्वासका कारण आमा र बच्चाको मृत्यु भएपछि देउरुपा बुढाको घरपरिवारलाई यातायात खर्च स्वरुप नगद बीस हजार समेत स्वास्थ्य सेवा कार्यालयले प्रदान गरेको थियाे ।

जिल्ला समन्वय समितिका प्रमुख श्याव बहादुर रोकाय,नगरप्रमुख जनचन्द्र रोकाय,नगर उप–प्रमुख देबी घर्ती सहित सरोकारवालाको उपस्थितिमा भएको कार्यक्रममा महिला शसक्तिकरण केन्द्र डोल्पाले वाल बिवाह,अन्धविश्वास,सरसफाई लगायतका जनचेतनामुलक अन्तक्रिया समेत गरेकोत्रिपुरासुन्दरी नगरका  स्वास्थ्य प्रमुख तुलबहादुर श्रेष्ठले बताए ।  ।

तपाइको प्रतिक्रिया