जिल्ला अस्पताल दुनैकाे हाता भित्र नवनिर्मित पाँच शैथ्या अस्पतालकाे एक कार्यक्रमका वीच उद्घाटन भएकाे छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री बीरबहादुर शाहीले विशेष कार्यक्रमका साथ उद्घाटन गरेका हुन ।
नवनिर्मित अस्पताल भवनकाे उद्घाटन गर्दै मन्त्री शाहीले अस्पताललाई सहज हाेस धनेर छिट्टै गाडिकाे ब्यवस्थाका साथै मुख्य सडकबाट अस्पताल परिसर जाेड्ने गरि द्रुतमार्गवाट पुल निर्मनण गर्ने गरि जेठ ११ गतेभित्र टेण्डर खुल्न थालेकाे बताए ।
बिहिवार अस्पताल उद्घाटन गर्न पाउदा गर्व भएकाे महशुस गर्दै मन्त्री शाहीले अस्पताललाई चाहिने आबश्यक उपकरणहरुकाे ब्यवस्थापनमा आफुले सक्दाे पहल हुने प्रतिबद्दता समेत ब्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा कर्णाली सरकारका पुर्व खानेपानि सिचाई तथा उर्जा मन्त्री उर्मिला विश्वकर्माले सरकार फेरबदलका कारण चाहेर पनि जिल्लाकाे काम गर्न नसकेकाे बताईन ।
मन्त्री हुदा जिल्लाकाे विकास गर्न नसकेकाेमा पश्चाताप गर्दै अवकाे समयमा जिल्लाका समस्याका बारे सासंद भएकाे नाताले संसदमा विशिष्ट खालकाे सम्बाेधन गर्ने बताईन ।
सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज पाेखरेलले अस्पतालकाे भवन निर्माण भई उद्दघाटन समेत भएकाेले यसकाे थप ब्यवस्थापनमा आफुहरुकाे दायित्व महशुस हुने बताए ।
अस्पताल संचालन समितिका अध्यक्ष कमलबहादुर शाहीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्याम बहादुर राेकाया,प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल ठुलिभेरी नगरका नगरप्नेरमुख श्पावर्लीण कुमार बुढा कांग्रेसका सचिव हिक्मत शाही नेकपा एमालेका सचिव लंकबहादुर राेकाया,नेकपा माओवादीका जिल्ला संयाेजक धर्मजित बाेहनेरा एकीकृत समाजवादीका मनया ठकुल्ला नागरिक समाजका अध्यक्ष शेर बहादुर बुढा लगायतका बक्ताहरुले अस्पताल भवन विश्व स्वास्थ्य संगठनकाे मापदण्ड अनुरुप निर्माण भएकाेले साेही बमाेजिमकाे दक्ष चिकित्सक सहितकाे आबश्यक जनशक्ति लगायत अस्पताल सम्म आउनजानकाे लागि सडक पुल विधुत र खानेपानि चिकित्सक बस्नकाे लागि आवासकाे ब्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
खानी क्याराभान बुद्ध हिमाली निर्माण जेवि कम्पनीले निर्धारित समयवधि अगावै झण्डै २६ कराेडकाे लगानीमा अत्याधुनिक भवनकाे निर्माण कार्य सम्पन्न गरेकाे हाे ।
समयसिमा अगावै ११ महिना अघि निर्माण सम्पन्न गरेकाेमा निर्माण कम्पनिका ब्यवसायि हिम बुढालाई उद्घाटन कार्यक्रममा दाेसल्ला सहित प्रमाणपत्रका साथ प्रमुख अतिथि सामाजिक विकास मन्त्री शाहिले सम्मान गरेका गरे ।
यसैवीच सामाजिक विकास मन्त्रालय मातहत रहेका जिल्ला आयुर्वेद अस्पताल सामाजिक विकास कार्यालयकाे अनुगमनका साथै जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सरकारी कार्यालयकाे प्रगति विवरणका बारेमा समेत मन्त्री शाहीले जानकारी लिएका छन ।भब्य ब्यवस्थापनका बीच भएकाे अु्पताल भवन उद्घाटनकाे कार्यक्रम अस्पतालका चिकित्सक अखण्ड उपाध्यायले संचालन गरेका थिए ।