ताजा समाचार

विविध कार्यक्रम गरेर डाेल्पामा मनाइयो श्रीकृष्णजन्माष्टमी पर्व

विष्णुप्रसाद देवकोटा 

डाेल्पा भदौ  १० गते । प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा डाेल्पाकाे त्रिपुरासुन्दरी भगवती मन्दिर लगायत देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको मान्यता छ ।

 अन्याय, अत्याचार बढेपछि मानव अवतारका रूपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिनुभएको ग्रन्थहरूमा उल्लेख छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । 

बाल्यकालदेखि आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यसै उपलक्ष्यमा डाेल्पाकाे त्रिपुरासुन्दरी भगवती मन्दिरमा त्रिपुरासांस्कृतिक तथा सामुदायिक विकास नामक गुठीसंस्थाकाे आयाेजनामा  श्रीकृष्णको झाँकीसहित भगवती नाच लाखेनाच राेपाई तथा शोभायात्रा निकालिएकाे छ ।

यसकाे साथै समाजमा विभिन्न चाडपर्वकाे नाममा हुने गरेकाे भड्किलो तथा खर्चिलाे परम्परा र अश्लील प्रदर्शनलाई ब्याङगे गर्दै विस्ताराले पाल्याे भन्ने कमिकनाटक समेत मन्चन गरिएकाे छ ।श्रीकृष्णजन्माष्टमी पर्व मुल समारोहका संयाेजक देविकृष्ण उपाध्यायले मन्दिर स्थापनाकाल बीस १११४ सालदेखि नै विशेषरुपले श्रीकृष्णजन्माष्टमी मनाउने परम्परा रहेकाे बताउनु भयाे ।
जन्माष्टमी पर्वकाे अवसरमा लाग्ने मेला हेर्न टाढाटाढाका गाउँबस्तीहरुवाट समेत दर्शकहरुकाे भीड लाग्ने गर्छ । 

तपाइको प्रतिक्रिया

error: Content is protected !!