डाेल्पा,पुस २८ गते ।
भालुवाङ बस दुर्घटनामा ८ जनाको मृत्यु भएकाे छ ।मृत्युभएका ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत , मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट , काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे रहेका छन ।
त्यस्तै गरि भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने , जुम्लाका वर्ष ४० का मुन बहादुर रावत , बाँकेका वर्ष ३० का रामबरण हरिजन , रूकुमका वर्ष २५ का दीपक कामी , भारत विहारका वर्ष ६७ का जाेगेन्द्र रामकाे सनाखत भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएकाे छ ।
भे १ ख ३९१२ नम्बरको माउन्टेन क्विन एयर बस शुक्रबार राति साढे १० बजेतिर रेलिङ भत्काउँदै राप्ती नदीमा खसेको थियो । बसमा ३६ जना सवार रहेको प्रहरीले जनाएको छ ।
सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरूमध्ये ७ जना बुटवल , १४ जना काेहलपुर र दुई जनाकाे भालुबाङ अस्पतालमा उपचार भइरहेकाे छ ।