ताजा समाचार

डाेल्पाकाे फुरिल्ला खोलामा बाढीले अवरुद्ध सडक, ६ घण्टामै पुनः सञ्चालन

विष्णु देवकोटा |

गएराती आकस्मिक बाढीले अवरुद्ध सडक नगरप्रमुख बुढाकाे निर्देशनमा अवरुद्घ भएकाे ६ घन्टामै खुलेकाे छ ।

ठुलीभेरी नगरपालिका–५ र ६ मा पर्ने फुरिल्ला खोलामा गएराती एक्कासी आएकाे बाढीले  ५०० मिटर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएकाे थियाे ।

गएराति परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले सडकको ठूलो भाग कटान गरेको थियो ।जसका कारण यार्सागुम्बा संकलनका लागि उच्च हिमाली क्षेत्र गइरहेका संकलनकर्ताहरू बीच त्रासको स्थिति सिर्जना भएको थियो।

स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, प्राविधिक टोली र स्थानीयवासीहरूको सहकार्यमा तत्काल डोजर तथा अन्य उपकरण परिचालन गरी सडक खुलाउने कार्य अघि बढाकाे सचिवालयले जनाएको छ ।नगर प्रमुख बुढाले स्वयं घटनास्थलको अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए।

नगरपालिकाले यस्ता आकस्मिक विपद् व्यवस्थापनमा तदारुकता देखाउँदै समयमै राहत र पूर्वाधार पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

यार्सागुम्बा संकलनको मुख्य सिजन सुरु भइसकेको सन्दर्भमा बाढीले अवरुद्ध बनाएको सडक छोटो समयमा खुलाउनु ठूलो राहतको विषय भएको स्थानीय संकलकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया