विष्णुप्रसाद देवकोटा डाेल्पा, फागुन १७ गते ।डाेल्पा क्याम्पस डाेल्पाकाे साधारणसभा आगामी चैत १५ गते हुने भएकाे छ ।फागुन १३ गते बसेकाे क्याम्पस ब्यवस्थापन समितिकाे बैठकले २०८० चैत १५ गते साधारणसभा गर्ने निर्णय गरेकाे हाे ।
यसै गरि क्याम्पस प्रमुख धनन्जय सुवेदीले क्याम्पस प्रमुखबाट दिएकाे राजिनामा समेत ब्यवस्थापन समितिले स्वीकृत गरेकाे ब्यवस्थापन समितिका अध्यक्ष याेगेन्द्रबहादुर शाहीले जानकारी दिए ।
गएकाे पुस ५ गते भएकाे भनिएकाे क्याम्पस सभामा उपस्थिति जनाएको निर्णय पुस्तिकामा क्याम्पस व्यवस्थापन अध्यक्ष सहित सदस्यकाे हस्ताक्षर किर्ते भएकाे भन्ने घटना बाहिरिएकाे थियाे ।
डाेल्पा क्याम्पसकाे ब्यवस्थापकीय पक्ष देखि प्रशासन सम्ममा देखिएकाे लापरबाहीकाे छानवीनका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएकाे थियाे ।
क्याम्पसकाे किर्ते प्रकरणसंगै क्याम्पस स्थापनाकाे २० बर्षपछि आगामी चैत १५ गतेभित्र पहिलाे पटक डाेल्पा क्याम्पस ब्यवस्थापन समितिकाे साधारणसभा हुन लागेकाे हाे ।
यसै गरि क्याम्पसकाे आर्थिक काराेवार संचालकाे लागि बैंकमा कसकसकाे र के कसरी प्रक्रियामा संचालन भई काराेवार संचालन गरिएकाे भन्ने समेत ब्यवस्थापन समिति सदस्हरु समेत अनविज्ञ छन ।अमुक ब्यक्तिहरुकाे अमुक निर्णयबाट खाता संचालन गरि आर्थिक काराेवार संचालन गरिरहंदा समेत क्याम्पस स्थापनाकाे २० वर्षसम्म पनि आयब्यकाे पारदर्शिताका बारेमा काेही कसैले आवाज उठाउनु क्याम्पस सम्बद्घ पदाधिकारीकाे मिलिभगत नभएकाे भनेर भन्न नसकिने अवस्था भएकाे क्याम्पस ब्यवस्थापन समितिका एक सदस्यले बताए ।
लामाे समयदेखि एउटै ब्यक्ति ब्यवस्थापन समितिमा बसिरहनु र क्याम्पस प्रशासन देखि आर्थिक हिसावकिताव सम्म पारर्दशिता नभएपछि डाेल्पाका नागरिक अगुवादेखि सम्बद्घ विध्यार्थी संगठनका नेतृत्वहरुले ब्यवस्थापन समिति हेरफेर देखि क्याम्पसकाे हरेक पक्षकाे सार्वजनिक सुनुवाइ हुनु पर्ने माग समेत गर्दै आएका छन ।
क्याम्पस ब्यवस्थापन समितिले क्याम्पसकाे साधारणसभा गर्ने देखि क्याम्पस प्रमुखकाे राजिनामा स्वीकृत गर्ने निर्णयले केही सकारात्मक सन्देश दिन खाेजेकाे छ ।
तर पछिल्लो समय किर्ते प्रकरणसंगै क्याम्पस प्रशासन फांटमा रहेका डेक्सटप र ल्यापटपमा रहेका क्याम्पसकाे मेल आईडी देखि क्याम्पसकाे सम्पुर्ण डाटा(विवरण )हरु समेत डिलिट गरिएकाे पाइनुले क्याम्पस भित्रकाे आर्थिक पारदर्शिता माथि गम्भीर प्रश्न खडा गरेकाे क्याम्पस सुत्रले जानकारी दिएकाे छ ।