ताजा समाचार

जुम्ला हुलाक कार्यालयका हुलाकी कर्मचारी आन्दोलनमा

डाेल्पान्युज डेक्स

हुलाक कार्जुयालय जुम्लामा कार्यरत हुलाकी आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारले हुलाक सेवामा कार्यरत श्रेणीविहीन तहका कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरेपछि जुम्लाका हुलाकीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सरकाले लामो समयदेखि दुर्गममा बसेर न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीको व्यवस्थापन नगरी विना कारण सेवाबाट हराउने निर्णय गरेको उनीहरूको आरोप छ ।
देशभर जिल्ला हुलाक कार्यालय अन्तरगत ठुलो संख्यामा हुलाकी, हल्कारा पदमा कर्मचारीकार्यरत छन् । जुम्ला हुलाकीको ४७ जनाको दरबन्दी छ । तीमध्ये ६ जना हुलाकी स्थायी छन् भने दुई जनाको पद रिक्त रहेको छ ।

३६ जना हुलाकी करार सेवामा कार्यरत थिए । यस्तै हल्काराको भने १६ जनाको दरबन्दी छ । जुम्लामा दुई जना हल्कारा स्थायी छन् भने हल्कारा १० करार सेवामा कार्यरत रहेका छन् । जुम्लाले हाल कायर्यरत रहेका २५ जना २० जना करारमा सेवारत हुलाकीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।
हुलाकी र हल्कारालाई सेवाबाट हटाउने निर्णय फिर्ता लिन आग्रह गर्दै हुलाक कार्यालय जुम्लामा कार्यरत हुलाकी तथा हल्कारा कार्मचरीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले बुझाएको पत्रमा भनिएको छ,ञप्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकारको निर्णयले हजारौ कर्मचारीहरू मर्कामा परेका छौ । नागरिक सेवाबाट बन्चित हुन बाध्य भयका छन् ।

देशभरका हामीजस्ता श्रेणी विहीन हुलाकी हल्कारा कर्मचारीहरू सरकारको निर्णयमा असमर्थ छौ ।
१८ वर्षदेखि हुलाकी पदमा कार्यरत मदनराज न्यौपानेले सरकारको निर्णयले वर्षाैदेखि कार्यरत कर्मचारी मर्कामा परेको बताए । उनका अनुसार निर्णय फिर्ता नलिदासम्म कामकाज ठप्प गरिनेछ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!