ताजा समाचार

नेपाली कांग्रेसको काेटाबाट भुमि आयाेगमा नियुक्ति पाएका विज्ञ सहितका सदस्यलाई बधाई  कार्यक्रम 

नेपाली कांग्रेसको काेटाबाट विज्ञ सहित खुल्सला दस्यमा नियुक्त पदाधिकारीहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बधाई तथा शुभकामना कार्यक्रम गरेकाे छ ।

भुमि आयाेग जिल्ला कार्यसमितिमा विज्ञ सदस्यकाे रुपमा नियुक्त इन्द्रबहादुर बुढा र सदस्य सत्यबहादुर शाहीलाई नेकाजिकास डाेल्पाले बधाई तथा शुभकामना कार्यक्रम गरेकाे हाे ।

नवनियुक्त भुमि समस्या समाधान आयाेग डाेल्पाका पदाधिकारीहरुलाई जिल्ला समन्वय समितिकाे हलमा नेकाजिकासका  काबा सभापति लबकुमार शाही जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया ठुलिभेरी नगरपालिकाका नगरप्रमुख श्वर्ण बुढा प्रदेश निर्वाचन क्षेत्र ( क) का प्रदेश सभापति केशव बुढा प्रदेश निर्वाचन क्षेत्र (ख) सभापति माेतिप्रसाद उपाध्याय लगायत नेकाका कार्यकर्ताहरुले अविर टीका र राई लगाएर बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिनु भएकाे थियाे ।नेका पार्टी काेटाबाट विज्ञ सहित खुला सदस्य नियुक्तिसंगै डाेल्पा भुमि समस्या आयाेगले पुर्णता पाएकाे छ ।

तपाईको प्रतिक्रिया