ताजा समाचार

कर्णालीमा नेपाल एयरलाइन्सको दँशै अफर


कर्णाली प्रदेशका चार जिल्लामा सरकारी वायुसेवा निगम नेपाल एयरलाइन्सले लगातार पाँच दिनसम्म उडान भर्ने भएको छ ।
दशैँको अवसरमा हुम्ला र मुगुमा मंगलबार देखि शनिवारसम्म पाँच दिन नियमित उडानहुने र डोल्पा,जुम्ला र बाजुरामा मंगलबार देखि शुक्रबारसम्म चार दिन उडानहुने नेपाल एयरलाइन्स क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख मान बहादुर चौधरीले जानकारी दिए ।
दशैँ तिहार जस्ता ठुला चाडपर्वमा दुर्गमका जिल्लाहरुमा जान यात्रुहरुले दुख पाउने भएकाले उनिहरुको सहजताकालागि सँस्कृति पर्यटन तथा नागरिक मन्त्रलायको निर्देशन अनुसार थप उडान राखिएको उनको भनाइ छ ।
नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाईन र सम्बन्धित कार्यालयमा पुगेर लिन सकिने क्षेत्रिय प्रमुख चौधरीले बताए ।
यात्रुको चापका कारण हुम्ला र मुगुमा लगातार पाँचवटा उडान राखिएको बताइएको छ ।
दुर्गमका जिल्लाहरुमा सडक यातायात भरपर्दो नहुँदा हवाइ यातायातनै आवत जावतको प्रमुख विकल्पको रुपमा रहेको छ ।
यस अघि नेपाल एयरलाइन्सले कर्णालीका एउटा जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!