डाेल्पान्युज डेक्स ।
लामाे समयदेखि त्रिपुराकाेट गाउँकाे डिठ्यानी( मुखिय)काे भूमिका निभाई गाउँकाे हरेक गाउँ ब्यवस्थापनमा सक्रिय उमाकान्त न्याैपानेकाे ६२ वर्षकाे उमेरमा मृत्यु भएकाे छ ।
२०१९ सालमा त्रिपुराकाेट गाउँमा जन्मनु भएका न्याैपानेले २०३९ सालमा बाबू आदिचन्द न्याैपानेकाे स्वर्गवास भएपछि बाबुले सम्माल्दै आएकाे मुखिया अर्थात डिठ्यानीकाे जिम्मेवारी उमाकान्त समाल्नु भएकाे थियाे ।
२०३९ सालबाट गाउँको डिठ्यानीकाे काम लगायत रितिस्थती बरबन्देज र विकास निर्माणमा सक्रिय नेतृत्व गर्दै आउनु भएका न्याैपानेकाे २०८१ असाेज १६ गते त्रिपुराकाेट गाउँमा मृत्यु भएकाे हाे ।
२०३९ सालदेखि डिठ्यानीकाे काम गर्दै आउनु भएका न्याैपानेले नेपालमा संघिय लाेकतान्त्रिक राज्य ब्यवस्थाले अंगिकार गरेकाे २०७४ मा भएकाे पहिलाे स्थानीय निर्वाचन पछि मुखिया अर्थात डिठ्यानीकाे भुमिकाबाट आफुलाई अलग राख्नु भएकाे थियाे ।
३५ वर्ष सम्म त्रिपुराकाेट गाउँले स्वर्गीय न्याैपानेकाे डिठ्यानीकाे नेतृत्व पाएकाे थियाे ।स्वर्गीय डिठ्यानी ( मुखिया) न्याैपाने ०८१ साउनदेखि क्यान्सर राेगवाट ग्रस्त हुनु हुन्थ्याे ।
त्रिपुराकाेट गाउँका समाजसेवी मात्र नभई दिनदुखिहरुकाे लागि सहयाेगी भावना भएका डिठ्यानी न्याैपाने मृत्युले सिङ्गो त्रिपुराकाेटबासी दुखित बनेका छन ।
त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेट गाउँ यत्तिखेर पुर्णरुपमा शाेकमा डुवेकाे छ ।

त्रिपुराकाेट गाउँकाे परापुर्वकादेखि चलनचल्तीमा रहेकाे सुन्दरीगंगा र ठुलिभेरीनदिकाे संगमस्थल( माेहाेर) आर्यघाटमा ब्रमणशास्त्रीय विधि अनुसार दाहासंस्कार गरिएकाे छ ।

डोल्पा न्यूज । १६ आश्विन २०८१, बुधबार १८:३८