ताजा समाचार

डाेल्पामा दशै अवसरमा नाचिने पैसरी नांच सम्पन्न

पवन डांगी

डाेल्पान्युज/ कात्तिक ४ गते ।

आपसी सद्भाव एकता र धार्मिक सहिष्णुताकाे प्रतिककाे रुपमा दशैकाे अवसरमा नाचिने पैसरी नांच डोल्पामा सम्पन्न भएकाे छ ।आफुभन्दा ठूला मान्यजनहरुवाट लगाइने  जमारा ,टिका पछि डाेल्पाका विभिन्न गाउँबस्तीमा धार्मिक परम्परा बचाइराख्न पैसरी नांच नांच्ने गरिन्छ ।

ठुला बडाबाट आर्शिबाद लिएर आफु भन्दा ठुला मान्यजनको हात बाट टिका जमरा आदान प्रदान गरेर दशै मनाई मिठा मिठा परिकार बनाइ एक आपसमा खुशि साटा साट गर्ने गरिन्छ ।

पैसरी नांचले  गाउँका दाजु भाई दिदि बहिनीहरुको नात गोताको समन्ध सुमधुर बनाई जीवन्तता दिने जन बिश्वास छ ।

यो पैसेरी नाच परपुर्खा देखी चल्दै आएकोले हाम्रो पुरानो लोक संस्कृती लाई जर्गेना गर्नको लागी  दशैको समयमा  पैसेरी  नाच गर्दै आएको  नाँच समूहका सदस्य योगेन्द्र डाँगी ले जानकारी दिए ।

डोल्पामा बिशेस गरेर आठ ओटा स्थानीय तहमध्य ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका,मुटकेचुला गाँउपालिका,जगदुल्ला गाउँपालिकामा रहेका केही गाउँ बस्तीहरुका यो पैसेरी नाँच गरेर रमाइलो गर्ने चलन छ ।

बिशेस गरेर यो नाच नाच्ने क्रममा गाउँको मुखियाको घर र जनप्रतिनिधीको घर बाट नाच सुरु गर्दै नयाँ घर लगाएको घरमा,छोरा जन्मीएको घरमा,कुनै काममा सफल भएको घरमा यो नाच नाच्ने चलन छ ।

यसरी नाचिसके पछी प्रत्यक घरमा आआफनो गक्ष्य अनुसार पैसा,खसी र खाने कुराहरु दिने चलन छ ।

यो नाच दशैं को दिन बाट कोजाग्रत पूर्णिमा सम्म नाचेअर त्यस पछी अर्को दिनामा सबै जना गाउँको मुखियाको घरमा जम्मा भएर प्रत्यक घरमा उठेका पैसा, खसी र खानेकुराहरु एकै ठाउँका जम्मा गरेर सबै जना मिलेर दशैंको अन्तिम पुर्णिमामा पैसेरी नाच नाचेर बिभिन्न किसिमका परिकारहरु बनाएर सबै जाना मिली खाएर राई फाल्ने परम्परा छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!