सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल चयन भएकाे छ । सातौं जिल्ला अधिवेशनबाट हमाल निर्विरोध अध्यक्ष निर्वाचित हुनु भएकाे हाे ।
नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भए । यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र कोषाध्यक्षमा तेजबहादुर रोकाया चयन भएकाे छ।
सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा र चन्द्रबहादुर वली रहेका छन् ।अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले पत्रकारिताको दायरा फराकिलो बनाउँदै सशक्त बनाउनुपर्नेमा जोड दिनु भयाे ।
उनले सत्यमा आधारित समाचार प्रवाह गर्न पत्रकारहरू जागरूक हुनुपर्ने बताउनु भयाे ।
‘राज्यले कहिलेकाहीँ गल्ती गर्नसक्छ, पत्रकारहरूले त्यसलाई सही मार्गमा ल्याउन पहल गर्नुपर्छ’, शाहले भन्नु भयाे।