लेख बुढा
ठुलीभेरी नगरपालिका भित्र रहेका २४ वटा सामुदायिक बिधालयहरुमा ७८ लाख बराबरकाे बिधुतिय सामाग्रीहरु वितरण गरिएको छ ।
सामुदायिक विधालयहरुलाई प्रविधि मैत्री र शैक्षिक गुणस्तर बढाउनकाे लागि कम्प्युटर, प्रिन्टर, साेलार सिस्टम, एलइडी स्मार्ट टिभि लगायतका सामाग्रीहरु वितरण गरिएको ठुलीभेरीनगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताउनु भयाे ।
सामुदायिक विधालयमा हजारौं बालबालिकाकाे भब्य जाेडिएकाे हुदा शैक्षिक गुणस्तर बृद्वि गर्नकाे लागि नगरपालिकाले शिक्षामा पहिलो प्रथामिकता दिएकाे नगर प्रमुख बुढाले बताउनु भयाे।
शैक्षिक गुणस्तर बृद्विकाे लागि ठुलीभेरी नगरपालिकाले वितरण गरेका बिधुतिय सामग्री व्यक्तिगत प्रयाेजन भन्दा पनि बालबालिकाकाे पठनपाठनमा सदुपयोग गर्न ठुलीभेरी नगरपालिका डाेल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष बहादुर खड्काले सामुदायिक विधालयहरुलाई आग्रह गरेका गर्नु भएकाे छ। आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रम संचालन गरिने खड्काकाे भनाई छ।
नगरपालिकाले वितरण गरेका बिधुतिय सामाग्रीले सामुदायिक विधालयमा थप उर्जा मिलेको र यसलाई सदुपयोग गर्ने जिम्मेवारी शिक्षक विधार्थीकाे हातमा रहेकाे आदर्श माध्यमिक बिधालय जुफाल डाेल्पाका प्रधानाध्यापक बालकृष्ण डाँगीले बताउनु भयाे।