ताजा समाचार

नेपाल निजामती कर्मचारी युनियनको ३५औं स्थापना दिवस, अपाङ्ग छात्रछात्रालाई सहयोग

डाेल्पान्युज

डोल्पा भदौ १९ गते । नेपाल निजामती कर्मचारी युनियनको ३५औं स्थापना दिवस डोल्पामा विशेष कार्यक्रम गरेर मनाइएको छ ।ठूलीभेरी नगरपालिका–३ दुनैमा अवस्थित धु्रवतारा आधारभूत विद्यालय अन्तर्गतको अपाङ्ग स्रोत कक्षाका विद्यार्थीहरुलाई दिवसकाे अवसरमा स्टेशनरी तथा खाद्यान्न वितरण गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख अतिथि रहनु भएको थियो। सो अवसरमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाया, ठूलीभेरी नगरप्रमुख सुवर्ण बुढा, उपप्रमुख छिरिङ टोल्मा महत, नेपाली कांग्रेस जिल्ला पार्टी सचिव हिक्मत शाही, वडा नं. ३ का अध्यक्ष भक्तबहादुर भण्डारी र विद्यालयका शिक्षक तथा सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो।

नेपाल निजामती कर्मचारी युनियन डोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी अतिथिहरुले यस्ता सामाजिक कार्यले अपाङ्ग विद्यार्थीहरुको मनोबल बढाउने बताउँदै आगामी दिनमा निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया