ताजा समाचार

नमुना विद्यालय छनौट गर्दै सामाजिक विकास मन्त्रालय 

विष्णुप्रसाद देवकोटा

डोल्पा,पुस २६ गते ।कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दश ओटै जिल्लामा प्राविधिक सहितको टोली खटाएर नमुना विद्यालय छनौट गर्ने काम शुरु गरेको छ ।

शैक्षिक क्षेत्र सुधार कार्यक्रम अन्र्तगत दरखास्त आह्रवान गरेर सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लाहरुवाट विद्यालयहरुको प्रस्तावना लिइएको थियो ।

शे फोक्सुण्डो गाउँपालिका–८ स्थित तापरिचा माद्यामिक विद्यालय,काइके गाउँपालिका–३ मा रहेको अरनिको माबि जगदुल्ला–६ झ्याकोटमा रहेको भगवती माद्यामिक विद्यालय स्थलगत अनुगमनका लागि छनौट भएका छन ।

त्यस्तै गरी ठुलिभेरीनगरपालिका–५ माझफालमा रहेको विद्यामन्दिर माद्यामिक विद्यालय ठुलिभेरी–३ दुनैमा रहेको सरस्वती माद्यामिक विद्यालय र त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको त्रिपुरा माद्यामिक विद्यालय काटियाँचौर गरेर डोल्पा जिल्लाबाट ६ ओटा विद्यालय अनुगमनका लागि छनौट भएका छन ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका डोल्पा पुगेका कार्मा वाङजुक लामा र भुवन रोकायको नेतृत्वमा समाजिक विकास कार्यालय डोल्पाका प्रमुख धनबहादुर शाही शिक्षा विकास तथा समन्वय इकाई डोल्पाकी सृजना केसी सहितको प्राविधिक शिक्षा विज्ञ लगायतको टोलीले स्थलगत अनुगमनलाई तीब्रता दिएको छ ।

प्रारम्भिक चरणमा स्थलगत अनुगमनको लागि छनौटमा परेका विद्यालयहरुमा पुगेर विद्यालयको आर्थिक भौतिक शैक्षिक र सामाजिक पक्षहरुको स्थलगत अनुगमन अवलोकन र सम्बन्धित क्षेत्रका सरोकारवाला अभिभावक शिक्षक लगायत सामाजिक ब्यक्तित्वहरुसंग छलफल अन्तरक्रिया गर्ने गरेको छ ।

सार्वजनिक शिक्षा सुधार अन्र्तगत प्रदेश सरकारले सार्वजनिक सुचना प्रशासित गरेर विद्यालयको प्रस्तावना माग गरेकोमा जिल्लावाट ६ ओटा विद्यालयले नमुना विद्यालयको लागि मागदावी गरी प्रस्तावना पेश गरेका थिए ।

स्थलगत अनुगमनको लागि छनौट भएका विद्यालयको अनुगमनको लागि प्राविधिक सहितको टोली जिल्लामा पुगेर अनुगमन गरिरहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका कार्मा वाङजुक लामाले बताए ।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुरा माबि काटिँयाचौरमा स्थलगत अनुगमन गर्न पुगेका लामाले बालबालिकाको सिकाई उपलब्धि ल्याउन शिक्षकको पेशागत विकास भौतिक संरचना निर्माण लगायतमा सरकारको सहयोग रहने छनौट भएको एउटा नमुना विद्यालयले उक्त सहयोग पाउने लामाको भनाई थियो ।

नमुना विद्यालयमा छनौट हुने लिडर विद्यालय र त्यसआसपासका पाँच ओटा फिडर विद्यालयमा शैक्षिक गुणस्तर विकासको लागि स्थानीय तहले खर्च ब्यहोर्ने गरी स्रोत विज्ञ नियुक्त हुने ब्यवस्था समेत भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

सामाजिक विकास कार्यालयका प्रमुख तथा अनुगमन टोलीमा सहभागि धनबहादुर शाहीले विद्यालयको खेलमैदान फर्निचर घेरावार भयालढोका मर्मतका साथै नया प्रविधिमा बालवालिकाको पहँुच पुर्याउने लगायतका विविध क्षेत्रमा सार्वजनिक सुधार कार्यक्रम अनुरुपम शैक्षिक विकासको लागि सहयोग हुने बताए ।

त्रिपुरासुन्दरी नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका प्रमुख भिमबहादुर थापाले नमुना विद्यालयको लागि प्रस्तावना पेश गर्दा अन्य धेरै विद्यालय हुँदाहुदै पनि विद्यालयको सम्पुर्ण कुरालाई मध्यनजर गरेर प्रारम्भिक सहयोग र समन्वयकारी भुमिका खेलेकोमा नमुना विद्यालयमा अन्तिम छनौट हुन गएमा नगरपालिकाबाट गरिने कुनैपनि सहयोगमा कमि नहुने बताए ।

त्रिपुरा माबिका ब्यवस्थापन समितिका पदाधिकारी समाजसेवी गाउँका भद्रभलादमी विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्लाको दोस्रो पुरानो र ऐतिहासिक भएर पनि हरेक क्षेत्रबाट पछाडि परेकाले नमुना विद्यालयको रुपमा छनौटको लागि उपयुक्त रहेको बताएका थिए ।

ठुलिभेरीनगरपालिका–३ दुनैबजारमा रहेको सरस्वती मावि र त्रिपुरा माबि त्रिपुराकोट काटियाचौरमा स्थलगत अनुगमन गरिएको र बाँकी ४ ओटा विद्यालयमा पनि छिट्टै अनुगमन गरेर स्थानीयको रायसुझावका साथै बास्तविकतालाई अवलोकन गरिने अनुगमन टोलीका सदस्य तथा शिक्षा समन्वय इकाई डोल्पाकी सृजना केसीले बताईन ।

अनुगमनको लागि त्रिपुरा माबि काटिंयाचौर पुगेको प्राविधिक सहितको टोलीलाई विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले विद्यालयको विगत र बर्तमान अवस्था विद्यालय र बालवालिकाले झेल्नु परिरहेको समस्या एवं समाधानका उपायाहरुको बारेमा जानकारी गराउदै पुष्पगुच्छा र राईका लगाएर स्वागत तथा विदाई गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!