ताजा समाचार

विकाश शाहीको “प्रश्न म आफैलाई “

               विकाश शाही/कालिकोट 

                          (गजल)

    चर्किएको यो मन मस्तिष्क टाल्न मिल्छ र

    अनियन्त्रित यी खराब सोच सम्हाल्न मिल्छ र ।।

 

    एउटा सोच्छु अर्कै हुन्छ सायद समय अर्कैको भागमा छ …

    मेरो नी आउला नी दिन हानिकारक सोच पाल्न मिल्छ र ।।

 

   गन्तब्य छ लामो मेरो यात्री हु म आफ्नै यात्राको ..

   दूरी देखि डराएर सपना हरु फाल्न मिल्छ र ।।

 

   हिँड्दा हिँड्दै ठेस लाग्यो र त सम्हालीए..

   विगतलाई बिर्सिएर नयाँ कदम चाल्न मिल्छ र ।।

 

 दिशा बदलेर होला बतास पनि आफ्नै रफ्तारमा थियो.. 

 सोच विचार ठाउँमा राखी फेरि पनि सपनाको दियो बाल्न मिल्छ र ।।।

विकाश शाही कालिकोट जिल्लाको शुभकालिका ०७ कोट बासी हुन । उनी फुर्सदिलो समयमा गजल लेखीरहन्छन्।। 

तपाइको प्रतिक्रिया

error: Content is protected !!