डाेल्पा,पुस १ गते ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली पर्देश मार्फत डिभिजन वन कार्यालय दुनै मातहत यश अघि संचालित याेजना तथा स्वीकृत नयाँ याेजना निर्माण स्थलहरुकाे स्थलगत निरीक्षण गरिएकाे छ ।
प्रदेश मन्त्रालय सचिव डाक्टर विनाेदप्रसाद देवकोटाकाे नेतृत्वमा आएकाे टाेलिले स्थलगत निरीक्षण गरि आजै सुर्खेत फर्केकाे छ ।याेजना अनुगमन तथा नयाँ याेजनाकाे प्रभावकारिताका बारेमा स्थानीय तहका प्रमुखहरुसंग समेत छलफल गरि राय सुझाव संकलन समेत निरीक्षण टाेलिले गरेकाे थियाे ।
नगरले प्रस्ताव गरेका एनसिसिएसपीका कार्यक्रम लगायतका याेजनाहरुकाे कार्यान्वयन लगायत मन्त्रालयवाट गर्न सकिने जनजीविकामा प्रत्यक्ष सराेकार राख्ने कार्यक्रम समेत लागू गर्न आफुले सचिवसंगकाे भेटमा राखेकाे त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र राेकायाले बताए ।
यसै गरि नगरले किसानकाे अङगुर खरिद गरि वाईन जुस समेत प्रशाेधन गरिरहेकाले अङ्गुर किसानकाे मर्मलाई बुझेर विशेष बजेट तथा कार्यक्रम राख्न आफुले माग राखेकाे र उद्याेग पर्यटन वन तथा वातावरण सचिव डा. देवकोटाले आफुले कार्यक्रम राख्न सक्दाे प्रयास गर्ने बताएकाे नगरप्रमुख राेकायले जानकारी दिए ।
सचिव डा.देवकाेटा काे नेतृत्वमा डिभिजन वन कार्यालय डाेल्पा प्रमुख महेश कुमाई र प्रदेश वन अधिकृत निरज श्रेष्ठसमेत निरीक्षण टाेलिमा सहभागी थिए ।