ताजा समाचार

डाेल्पा महाेत्सवमा देखिएकाे पल क्रेज

डाेल्पान्युज डेक्स

अभिनय कला क्षेत्रमा छुट्टै क्यारियर बनाउन सफल नायक हुन पल शाह ।सानाे हाेस या ठुलाे पर्दामा उनले गरेकाे अभिनयले पछिल्लाे समय दर्शकहरुकाे मन जित्न सफल भएकाे छ ।

जुन ठाउँ र कार्यक्रममा आफ्नाे प्रस्तुति दिन जब त्यहाँ पुग्छन शाहका फ्यानहरुकाे बाग्लाे उपस्थिति भैइनै हाल्छ ।

०८१ साउन ८ मा उद्दघाटन हुंदादेखि महाेत्सबकाे तेर्साे दिन सम्म मेलामा खासै चहलपहल देखिएकाे थिएन ।

महाेत्सबकाे चाैथाे दिन १२ साउनमा चर्चित लाेक गायिका जाेति मगरकाे स्टेजमा भएकाे आगमन र प्रस्तुतिले महाेत्सवलाई लयमा ल्याई  दर्शकहरुकाे बाग्लाे उपस्थिति गराउन सफल भएकी थिइन ।डाेल्पा महाेउत्सवमा साउन १६ गते मेलाका प्रमुख आकर्षक पात्र बनाइएका थिए पल शाह ।

प्रतिकुल माैसमले हेलिकाे उडान नभएपछि काठमाडौंवाट २०८१ साउन १७ गते मात्र महाेत्सवस्थल डाेल्पा दुनैमा सहभागी हुन सफल भए उनि ।

जब १६ साउनमा उनी डाेल्पा पुग्ने सामाजिक सन्जाल तथा अनलाइन मिडियाबाट प्रचार भएकाे थाहा पाएका डाेल्पाका कुनाकन्दराबाट नायक पल शाहलाई हेर्ने हुटहुटी पालेका डाेल्पाली दाज्यु भाइ तथा दिदिबहिनी र बुबाआमाहरु सदरमुकाम दुनैमा जम्मा भएका थिए ।

जाेति मगरले महाेत्सबलाई लयमा ल्याएकी थिइन भने पल शाहले दर्शकहरुकाे अपेक्षाकृत उपस्थिति गराउन सफल भएसंगै उनले डाेल्पालीकाे अपार माया पाउन सफल भएका छन ।

काठमाडौंवाट हेलिकप्टर सवार भएका शाहले जम्माजम्मी ४० मिनेट जति आफ्नाे प्रस्तुति पस्केका थिए ।

आफ्नाे प्रस्तुति पस्केसंगै फ्यानहरुसंग सेल्फी दिदै र भलाकुसारी गरेपछि साउन १७ गते नै हेलिकप्टरवाटै काठमाडौं फर्किए ।उनलाई महाेत्सब स्थलमा पुग्दा र फर्कदा समेत भब्य स्वागत गरिएकाे थियाे ।

२०६५ सालमा पहिलाे पटक जिल्लामा महाेत्सब गरिएपनि १६ वर्षपछि अर्थात ०८१ साउन ८ देखि शुरु भई १८ साउनमा  सम्पन्न हुन गईरहेकाे महाेत्सब सबै भन्दा बढि र महंगा कलाकार लाई उपस्थित गराउन सफल महाेत्सब बनेकाे छ ।

पहिलाे महाेत्सबका प्रमुख आकर्षक मानिएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)थिए ।तर डाेल्पा पर्यटन ब्यापार तथा सांस्कृतिक महाेत्सबमा भने महाेत्सब आकर्षणका प्रमुख पात्र बने नायक पल शाह र गायिका जाेति मगर ।

विविध चुनाैति र समस्याका बाबजुद डाेल्पा जस्ताे विकट जिल्लामा महाेत्सब आयाेजना गरि सहज र अपेक्षाकृत रुपमा सफल विट मार्न आयाेजक समूहलाई सफलता मिल्ने नै छ र मिल्नु पनि पर्छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!