डाेल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले सरकार कमजाेर भए नागरिक स्वत कमजाेर हुने बताएका छन ।
जिल्ला प्रशासन कार्यालय आयाेजक जिल्ला हुलाक कार्यालय र नेपाल टेलिकम शाखा कार्यालय डाेल्पा सह आयाेजक रहेकाे राष्ट्रिय सुचना तथा सन्चार प्रविधि दिवस कार्यक्रममा प्रजिअ दाहालले उक्त कुरा बताएका हुन ।
आफु सधै सन्चार माध्यमसंग सहकार्य गरि सुशासन कायम राख्न लागि परिरहेकाे उल्लेख गर्दै सरकारी कार्यालयहरुले बार्षिक रुपमा गरेका कार्यपगतिकाे जानकारी तल्लाे तहका नागरिक सम्म पुगाेस भनेर सार्वजनिक सुनुवाई गर्ने गरेकाे दाव गरे ।
आफ्नाे डाेल्पा बसाई सम्मकाे अवधिमा सरकारी कार्यालय मातहत हुने गरेका कामकारबाही पारर्दशि र मितब्यी हुने समेत प्रजिअ दाहाले प्रतिबद्धता ब्यक्त गरे ।
वजार लिनकै लागि सत्य कुरालाई छाडेर असत्य कुरा(नकारात्मक ) लाई प्राथिमकता दिएर केही संचार माध्यमले अफावाहा फैलाइरहेकाले त्यस तर्फ मिडिया हाउसका मालिक र संचारकर्मि सचेत हुनु पर्नेमा प्रजिअ दाहालकाे जाेड थियाे ।कार्यक्रममा सहभागी पत्रकारहरुले सुचना प्रवाहाका लनगि सरकारी कार्यालयमा ताेकिएका सुचना अधिकृतले मागेकाे समयमा सुचना उपलब्ध नगराउने गरेकाे गुनासाे ब्यक्त गरेका थिए ।
जिल्लाका सरकारी विकासी कार्यालय प्रमुखले ठुलाे रकमकाे विम्ज्ञापन प्रकाशन तथा अन्य सुचना समेत जिल्ला बाहिरका पत्रकार र मिडिया मालिकसंग सम्झाैता गरेर सुचना दिए वापतकाे कमिशन समेत खाने गरेकाले त्यस्ता कार्यालय प्रमुखबाट जिल्लाका क्रियाशिल संचार माध्यम उपेक्षामा पर्ने गरेकाे पत्रकार टेक शाहीले बताए ।
जिल्लाले पछिल्लाे समय नागरिकका दुख र पिडाका सवालमा सक्रिय भई निरन्तर डाेल्पालीका आवाजलाई सम्वाेधन गर्न गराउन सक्रिय प्रमुख जिल्ला अधिकारी पाएकाले असल र सुब्यवस्थित सुशासन कायम गर्नमा प्रजिअकाे सकरात्मक पहल कदमीकाे आबश्यक्ता रहेकाे डाेल्पा न्युज डटकम अनलाइनका संचालक प्रकासक विष्णुप्रसाद देवकोटाले बताए ।
पत्रकार महासंघ डाेल्पाका अध्यक्ष सराेज थापाले संचारकर्मिले उठाएका सवाल जायज रहेकाले त्यस तर्फ तालुकदार कार्यालय प्रशासनकाे गम्भीर ध्यानाकर्षण हुनु पर्ने बताए ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।