ताजा समाचार

डाेल्पाकाे काईकेमा पहिलाेपटक मगर महिलाहरुकाे भेला

डाेल्पा,मङ्सिर २४ गते ।पछिल्लाे समय विकट हिमाली जिल्ला डोल्पाको काईके गाउँपालिकाका महिलाहरु आफ्नाे अधिकार प्राप्तिको बाटाे पहिल्याउनमा सक्रिय बन्न थालेका छन ।

महिलाको अधिकारका बारेमा चासो राख्दै काईके गाउँपालिका भरिका मगर महिलाहरु अधिकार पहिचान तथा स्थापनामा जुटेका हुन ।काईके गाउँपालिकाको आर्थिक सहयोगमा काईके गाउँपालिकाको शहरतारा बगरमा गरिएकाे महिलाहरुकाे भेलामा  गाउँपालिकाभरका महिलाहरु भेला भएका हुन ।भेलामा सहभागी महिलाहरुलाई आयाेजक नेपाल मगर महिला संघ केन्द्रिय समितिले महिला अधिकार सबालका विषयमन एक दिन प्रशिक्षण समेत दिईएकाे छ ।

संस्थागत तथा नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षणमा हाल सम्म महिलाहरुले कुन कुन कुरामा महिलाका हक अधिकारबारेमा जानकारी पाए ।

संघियतापछि महिलाहरुले कति प्रतिशत प्रतिनिधित्व पाए र जनजाती महिलाहरु कति अग्रणी भुमिकामा छन भन्नेबारे जानकारी दिनुका साथै महिलाहरुलाई अझै सशक्त बनाउन प्रशिक्षणको आयोजना गरिएको नेपाल मगर संघ केन्द्रिय अध्यक्ष हिरु रानाले जानकारी दिए ।

काईके गाउँपालिका सबैभन्दा धेरै मगर महिलाहरुको बाहुल्यता रहेको स्थानीयतह भएकोले यहाँको मगर संस्कृति संस्कार जोगाई राख्न र अन्य क्षेत्रमा समेत प्रचारप्रशार  गर्न सक्ने भएकोले पनि यहाँका महिलाहरु बढि सक्षम बनाउन जरुरी रहेको बरिष्ट उपाध्यक्ष धन कुमारी रानाकाे भनाई थियाे ।

काईके गाउँपालिकाका मगर महिलाहरुको रहन सहन तथा भेषभुषा मगर झल्किने खालको हुनुकाे साथै  भाषामा पनि मगर नै रहेको कारण मगरको बर्चस्व धेरै छ भन्नेमा कुनै आसंका नगर्न जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बहादुर बुढाले सबैलाई आग्रह गरे ।

अन्य क्षेत्रका हिसाबले काईकेका मगर महिलाहरु हरेक क्षेत्रमा अग्रसर रहेको र यो प्रशिक्षणले झनै उर्जा थपेकाले आगामी दिनमा महिलाहरुले आफ्ना अधिकारका बारे धेरै चासो राखेर नेतृत्व तह सम्म पुग्नेमा बिश्वस्त रहेको काईके गाउँपालिका उपाध्यक्ष निमा बुढाले बताईन  ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!