डाेल्पा,पुस २ गते ।पुषकाे महिना घर भित्रै आगाे तापेर पनि शरीर नतात्तिने माैसम हाे याे ।
बाहिरकाे तापक्रम माइनस चार डिग्री थियाे ।तर कठाङ्ग्रिदाे जाडाेकाे प्रवाह नगरि हातमा खन्ती सावेल लिएर एक हुल मानिसकाे जमात एका विहान बाटाे मर्मत तथा सफाईमा जुटेकाे थियाे ।
त्याे हुल जमात कुनै विकासे याेजनामा नभई निरस्वार्थ सेवाभावका साथ बटुवा र बाईक सवारहरुलाई सहज हाेस भनेर त्रिपुरासुन्दरी नगरपालिका- ६ मा पर्ने खदाङस्थित फुल्चिङ खाेलामा काम गरिरहेका नेपाल प्रहरीका जवानहरुकाे हाे ।
ईलाका प्रहरी कार्यालय करबगाड(खदाङ)का निमित्त ईन्चार्ज बरिस्ठ हवलदार ओमबहादुर दर्लामी मगर र सहायक हवलदार भुपेन्द्र ढकालकाे कमाण्डमा त्यहा कार्यरत प्रहरीले खदाङ खाेलामा रहेकाे पानिकाे दह कम गर्नुका साथै बाईक सवारहरुकाे लागि बाटाे समेत बनाई रहेकाे प्रसङ्ग हाे याे ।
प्रहरीकाे कमाण्डमा खाेलामा बाटाे बनेपछि बाईक सवारहरुले पानिकाे दहमा बाईक हालेर जाेखिम माेल्नु पर्ने बाध्यता हटेकाे छ ।सुरक्षाकर्मीकाे याे उदाहरणीय कामबाट बाईक सवारहरुलाई ठुलाे राहत पुग्ने संचारकर्मी लेख बुढाले बताए ।
खदाङ खाेलामा जाेखिम न्युनिकरणका साथै ईलाका प्रहरी कार्यालय खदाङ नजिक चेकजाँच विन्दुकाे क्षेत्रमा परेका खाल्डखुल्डी पुर्ने काम समेत भएकाे छ ।
ईप्रका करबगाड(खदाङ)का निमित्त प्रमुख बरिस्ठ हवलदार दर्लामी मगरले समाजमा सकरात्मक सन्देश जाओवस भनेर बाटाे पाटीपाैवा लगायतका निर्माणकार्य जनशक्तिले भ्याएसम्म नागरिकको सुरक्षाका साथै अतिरिक्त समयमा गर्ने गरिएकाे बताए ।
उनका अनुसार शान्ति सुरक्षा अमैनचयन कायम राख्न सुरक्षाकर्मीकाे साथै स्थानीय नागरिककाे समेत अहम भुमिकाकाे खांचाे रहने गर्छ ।
नेपाल प्रहरीले खदाङमा गरेकाे उदाहरणीय कार्यकाे सबैले अनुसरण गर्न सके साना मसिना कार्यमा अर्काे मुख ताक्ने प्रबृत्तिमा सुधार आउने थियाे कि ?