ताजा समाचार

नगरप्रमुख श्ववर्ण बुढाकाे पहलमा डाेल्पाका बेवारिसे मानसिक राेगीलाई उपचारकाे लागि सुर्खेत लगिदै

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर २२ गते ।डाेल्पामा रहेका मानसिक राेगीका विरामीलाई  उपचारकाे लागि प्रदेश अस्पताल सुर्खेतमा लगिने भएकाे छ ।

सदरमुकाम दुने लगायत ठुलिभेरी नगर क्षेत्रमा रहेका उपचारकाे अभावमा कस्टकर जीवन जीउदै आएका ८ जना मानसिक राेगका विरामीहरुलाई ठुलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढाकाे पहलमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा  उपचारकाे लागि  लिन लागिएको छहाे।

लामाे समयदेखि बेवारिसे आर्थिक विपन्न र मानसिक सन्तुलन गुमाएका विरामीहरुलाई राहत हाेस भनेर उपचारकाे लागि  २०८१ मङ्सिर २३ गते सडक मार्गहुदै सुर्खेत लग्न थालिएकाे नगरप्रमुख सचिवालयका रेखामान बुढाले जानकारी  दिनु भयाे ।

सदरमुकाम दुनै बजार लगायत नगर क्षेत्रमा विभिन्न मानसिक राेगले ग्रस्त बनेका माईलि लाटि दमाई कलि बुढा बिमल भारती करुणा रोकाया जयशङकर बि.क लक्षिन बिटालु झोप्रु बुढा मन्जु बुढा र सन्देश कठायत लगायतका  ९ जना विरामीलाई उपचारकाे लागि प्रदेश अस्पताल सुर्खेत लगिने छ ।

जिल्लाकाे इतिहासमै नगरप्रमुख बुढाकाे पहलमा पहिलाे पटक मानसिक राेगले प्रताडित ठुलाे संख्यामा विरामीलाई उपचार गर्न सुर्खेत लिन थालिएपछि सबै क्षेत्रवाट यश कार्यकाे प्रसंशा गर्न थालिएकाे छ ।यसैगरी हिमालयन फेमली हेल्थकेयर प्राेजेक्ट मार्फत संचालित गरीब जनता काेषले प्रति मानसिक  विरामीलाई एक एक जाेड कपडा र न्यानाे टाेपी समेत वितरण गरेकाे छ ।

काेषमार्फत असहाय आर्थिक विपन्न मानसिक राेगका विरामीलाई सानाे सहयाेग स्वरुप सहयाेग गर्न पाउँदा गाैरब लागेकाे बताउदै जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख अखण्ड उपाध्यायले उपचारकाे पहल गर्नु हुने नगरप्रमुख बुढा र वडानम्वर ९ का वडाअध्यक्ष सुबास कठायतलाई समेत धन्यवाद दिनु भएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!