विष्णुप्रसाद देवकोटा
डाेल्पा,पुस ४ गते ।त्रिपुरासुन्दरी नगरपालिकामा मापदण्ड विपरीत लिइएका ८ जनाकाे अपांगता परिचयपत्र रद्द गरिएकाे छ ।
( ग) वर्गका ६ जना र (घ) वर्गका २ जना गरि ८ जनाकाे परिचयपत्र मापदण्ड विपरीत पाइएपछि रद्द गरिएकाे हाे ।
विशेषज्ञ चिकित्सक डाक्टर राेजी थपलिया र डाक्टर अजयप्रसाद पाण्डे सहितकाे टाेलिले कतिपय ब्यक्ति प्रत्यक्ष उपस्थिति र कतिपय ब्यक्तिकाे अनुपस्थितीमा परिचयपत्र माथि प्रमाणिकरण( भेरिफाई) गर्ने काम भएकाे त्रिपुरासुन्दरी नगरपालिका वडानम्वर-१ ले जनाएकाे छ ।
सद्दे ब्यक्तिले पनि अपांगता परिचयपत्र लिइएका छन भन्ने गुनासाे तथा आलोचना हुन थालेपछि ५ मङ्सिर २०८१ मा बसेकाे कार्यपालिका बैठकले विशेषज्ञ चिकित्सक सहितकाे टाेलि ल्याएर परिचयपत्र माथि अनुसन्धान तथा प्रमाणित गर्ने निर्णय गरेकाे थियाे ।प्रमाणिकरणकाे क्रममा( ग) वर्हाेगका ६ जना र वर्ग ( घ) का दुई जना गरेर ८ जना सपाङ ब्यक्तिहरुले अपांग हुं भनी लिइएका अपांगता परिचयपत्र मापदण्ड विपरीत पाइएपछि रद्द गरिएकाे त्रिपुरासुन्दरी नगरपालिका वडानम्वर-१ कार्यालयका बलबहादुर थापाले जानकारी दिनु भयाे ।नगर अपांग समन्वय समितिकाे ५ मङ्सिर २०८१ काे निर्णय अनुसार मापदण्ड विपरीत वितरण भएका परिचयपत्र रद्द गरिएकाे र रद्द गरिएका परिचयपत्र यथाशीघ्र अनिवार्य कार्यालयमा आएर बुझाउन समेत सार्वजनिक सुचना टांस गरि वडानम्वर -१ कार्यालयले आग्रह समेत गरेकाे छ ।त्रिपुरासुन्दरी नगरपालिकामा झण्डै ५५ जना सपाङ ब्यक्तिले अपाङ्ग हु भनी अपाङ्गता परिचयपत्र लिएकाे बुझिएकाे छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले ११ वटै वडामा परिचयपत्र वितरणमा कमजोरी भएकाेले सबै अपांगहरुकाे परिचयपत्र माथि छानवीन गरि मापदण्ड विपरीतका परिचयपत्र रद्द गरि कार्यालयमा बुझाउन अनुराेध गरिएकाे बताउनु भयाे ।