ताजा समाचार

डाेल्पा कांग्रेस सभापति दीपेन्द्र शाही फरार,कार्यवाहक सभापतिमा लबकुमार शाही

डाेल्पान्यूज डेक्स

काठमाडौ पुस २० गते। डाेल्पा कांग्रेस सभापति दीपेन्द्र शाही लामाे समयदेखि  फरार रहेपछि उपसभापति लबकुमार शाहीलाई कार्यबाहक  सभापतिकाे जिम्मेवारी दिइएकाे छ ।यसैगरी  क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय समेत गरेकाे नेका केन्द्रीय कार्यालयले जनाएकाे छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य योगेन्द्र चौधरीले बताएका छन् । उनले क्रियाशील सदस्यताको नवीकरण चैत्र महिनाभित्र सक्नुपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका समिति सदस्य चौधरीले भने, ‘क्रियाशील सदस्यता नवीकरणको कार्य सक्नका लागि कार्ययोजना बनाएर चैत मसान्तसम्म टुंगाउने निर्णय गरिएको छ ।’

क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय समितिले गरेको छ ।

समितिले डोल्पा जिल्लामा क्रियाशील सदस्यताको नवीकरण सदस्य फर्म कार्यवाहक सभापतिलाई पठाउने निर्णय भएको छ । डोल्पा कांग्रेसका सभापति दीपेन्द्र शाही चेक बाउन्स, ठगी लगायतका विभिन्न काण्डमा परेर फरार छन् । सभापति शाही फरार भएपछि डोल्पा कांग्रेसको जिम्मेवारी उपसभापतिले लिएका छन् ।

सभापति शाहीविरुद्ध चेक बाउन्स लगायत विभिन्न काण्डमा प्रहरीमा उजुरीहरू छन् । शाही लुकेर भाग्दै हिँड्ने गरेका छन् । सभापति शाही पेशाले ठेकेदार हुन् ।

महामन्त्री गगनकुमार थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन् । समितिले क्रियाशील सदस्यतामा देखिने विवाद समाधान गर्नेछ ।रिपब्लिका दैनिक अनलाइनवाट साभार

तपाइको प्रतिक्रिया

error: Content is protected !!