ताजा समाचार

त्रिपुरनसुन्दरी-४ रंगकाे पाेषण काेशेली वितरण कार्यक्रम ,दश आमाले पाए पाेषण आहार

डाेल्पान्युज डेक्स

डाेल्पा,पुस १० गतेत्र। त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४, रंगमा पोषण आहार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने आमाहरूलाई पोषण आहार प्रदान गरिएको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा स्वास्थ्य संस्थामा सुत्केरी भएका १० जना सुत्केरी आमाहरुलाइ पोषण आहार वितरण गरिएको हो।घरमा सुत्केरी भएकी १ जनाले भने पाएनन् ।स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने आमाहरुलाई मात्र याे पाेषणयुक्त आहार वितरण गरिएकाे हाे ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र रंगमा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्ष रञ्जित बुढा र त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले सहभागी सुत्केरी आमाहरूलाई तेल, अण्डा, र अन्य पोषणयुक्त सामग्री वितरण गर्नुभएको थियो।

कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने प्रवृत्तिमा प्रोत्साहन गर्नु रहेको वडा अध्यक्ष बुढाले बताउनुभयो। उहाँका अनुसार यस कार्यक्रमलाई अझ प्रभावकारी र परिमार्जित बनाउन प्रयास जारी रहनेछ।

तपाइको प्रतिक्रिया