ताजा समाचार

डाेल्पामा चिनी अभाव ,उपभाेक्ता मारमा

डाेल्पा,मङ्सिर ६ गते ।हिमाली जिल्ला डाेल्पामा चिनीकाे अभाव भएकाे छ ।नेपालीहरुकाे मुख्य ठुला चाडपर्व दशै,तिहार,छठ सकिए संगै डाेल्पामा चिनीको अभाव देखिएकाे हाे ।

दैनिक रुपमा प्रयाेगमा आउने चिनिकाे अभाव हुंदा डाेल्पाली उपभोक्ता मारमा परेका छन ।  डाेल्पाकाे दुनै,जुफाल त्रिपुराकाेट लगाएतका बजारहरुमा चिनीकाे अभाव हुदा उपभोक्ता महंगीकाे मारमा पर्न थालेका हुन।

दुनै बजारमा चिनी अभाव देखाउदै कतै कतै स्टक राखेका ब्यबसायीहरुले प्रतिकेजी रु १५० भन्दा बढि रुपैयामा बिक्री गर्ने गरेकाे पाइएकाे छ  । दशै तिहारकाे समयमा प्रति केजी एक सय बीस रुपियाँमा किन्न पाइन्थ्याे ।

अहिले दुनै बजारमा  चिनि अभाव भएपछि ग्राहकहरुलाई चिया कफि खुवाउनै समस्या भएकाे बिएण्डबि हाेटल संचालक बलबहादुर बुढाले बताए ।उनले भने महंगै मुल्यमा किन्छु भनेपनि पाउने अवस्था छैन । दांङ, नेपालगन्ज लगाएतका मुख्य बजारमा समेत चिनीकाे अभाव भएपछि  डाेल्पामा पनि चिनीकाे चरम अभाव हुन गएकाे ब्यापारी बताउन्छन ।

ब्यापारीकाे कारण चिनीकाे अभाव नभइ उध्याेगबाटै बजारमा नआएकाले उपभोक्तालाई समस्या भएकाे र छिटाे भन्दा छिटाे चिनि पठाई दिन अनुराेध गरि पठाइएकाले एक साता भित्रमा बजारमा आइपुग्ने सदरमुकाम दुनैका स्थानिय ब्यापारी  भिम बुढाले बताए ।

त्रिपुराकाेट, जुफाल र दुनै बजारमा केही ब्यापारीकाे गाेदाममा चिनि भएर पनिअभावकाे फाइदा उठाउदै उपभाेक्ताबाट चर्काे मूल्य असुल्नकाे लागि चिनि लुकाएर महंगोमा बेच्ने गरेकाे उपभोक्ताकाे गुनासाे छ  ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!