ताजा समाचार

करेन्ट लागेर नेपाली सेनाकाे मृत्यु

डाेल्पान्युज डेक्स । मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार भीमफेदी-८, दोभानमा फास्टट्र्याक (द्रुतमार्ग)को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो

तपाइको प्रतिक्रिया

error: Content is protected !!