सुर्खेत :निर्माणकाे अन्तिम चरणमा रहेकाे मंगलगडि-काक्रेबिहार सडककाे बिहिवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले सहितकाे टाेलिले स्थलगत अनुगम गरेकाे छ ।यो सड्क यतिखेर निर्माणको अन्तिम चरणमा रहेको छ ।
अम्मर सिस्ने मेगा जेबिले २०७८ साल मङ्सिर १४ गते सडक निर्माणकाे जिम्मेवारी पाएको थियाे ।निर्माण कम्पनीले विभन्न बहानामा बर्षौदेखी अलपत्र पारेर छाडेकाे सडक भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकाे ताकेता पछि पछिल्लो दुई महिना यता निर्माण कार्यले द्रुत गति लिएकाे हाे ।
कुल १२ करोड ७६ लाख १५ हजार रकममा निर्माण गरिने यो सडक करिब २.५ किलोमिटर छ । बिरेन्द्रनगरको मंगलगडी देखी काँग्रेविहारको शिव मन्दिर सम्म यो सड्क कालोपत्रे हुने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव ज्ञश्वरचन्द्र मरहट्टाले जानकारी दिनु भयाे । सचिव मरहट्टाले भन्नु भयाे यो सड्क निर्माण भए भुक्तानी गर्न कुनै कठिन छैन प्रयाप्त बजेट व्यवस्थापन भएको छ ।
वर्षौदेखी अलपत्र रहेको मंगलगडि-काक्रेबिहार सडक मन्त्रालयले बारम्वार ताकेता गरेपछि निर्माणले तिव्रता पाएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले बताउनु भयाे।
मन्त्री बुढाले भन्नु भयाे जनताकाे गुनासो सम्वोधन हुनुका साथै प्रदेश राजधानीमै अलपत्र सड्कले यति छिट्टो निर्माणमा तिव्रता पाउनु ठुलो उपल्बधी हो ।कर्णाली प्रदेशको रङ्गशाला वरीपरीको क्याम्पस रोड समेत निर्माण सम्पन्न गरेको र प्रदेश भरीका निर्माणाधिन सड्कहरुको काम सवै थालनी भएको दावी मन्त्रालयले गरेकाे छ।
मुख्यमन्त्री यामलाल कंडेल आफैले भ्याएसम्म निर्माणाधिन सड्कहरुको स्थलगत अनुगन गरि रहनु भएकाे छ । छोटो समयमा कर्णालीका सबै जिल्लामा पुगेका मुख्यमन्त्री कंडेलले कर्णालीको विकास भनेकै पहिलो प्राथमिकतामा सड्क भएको बताउनु भयाे। सड्कको विचमा रहेको क्यारीमा सम्बन्धि क्षेत्रका नागरिकले गमला र विरुवामा चासो राखेमा सुनमा सुगन्ध हुने अपेक्षा आफुले राखेकाे मुख्यमन्त्री कंडेलले बताउनु भयाे ।
कर्णाली प्रदेश सरकरको भौतिव पूर्वाधार मन्त्रालयको निरन्तरको खवरदारीपछि यो सड्कको काम दुई महिनामा करिव ९० प्रतिशत सड्क कालोपत्रे भई सकेको छ ।