विष्णुप्रसाद देवकोटा
डाेल्पा,मङ्सिर २७ गते ।
डाेल्पकाे जगदुल्ला गाउँपालिकाकाे प्रथम चाैमासिक समीक्षा सम्पन्न भएकाे छ ।
आर्थिक बर्ष २०८१/८२ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएकाे हाे ।
विहिवार गाउँपालिको सभा हलमा जनप्रतिनिधि, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बुद्धिजिविको सहभागीताम चालु आर्थिक बर्षको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
समिक्षा कार्यक्रममा जगदुल्ला गाउँपालिका भित्रका विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले पहिलो चौमासिकमा भएगरेका प्रगति लगायतका गतिविधिहरुकाे जानकारी गराइएकाे थियाे । समिक्षा कार्यक्रमले जगदुल्ला गाउँपालिका भित्रका समग्र विकासका गतिविधि झन सक्रिय हुने विश्वास रहेको जगदुल्ला गाउँपालिका डोल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताउनुभयो ।
जगदुल्ला गाउँपालिकाले भ्रष्टचार सुन्य सुन्दर समाज निर्माणको लागि यस्ता खाले गतिविधिहरु विभिन्न समय समयमा संचालन गर्दै आउने गरेको प्रशासकीय अधिकृत जैसीले बताउनु भयो ।
प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा सहभागी विभिन्न विषयगत शाखाका प्रमुखलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिँह रोकायाले निर्देशन दिनु भएको छ ।
जगदुल्लाको शिक्षा विश्वमा प्रतिस्पार्धा गर्ने खालको जनशक्ती तयार गर्ने र सचेत नागरिक सुन्दर परिवार निर्माण गर्नु गाउँपालिकाको मुख्य उदेश्य रहेकोले यस अभियानमा सबैले साथ दिन अध्यक्ष रोकायाले आग्रह गर्नु भएको थियाे ।