ताजा समाचार

भीरबाट लडेर डाेल्पामा दुई मजदुरको मृत्यु

भीरबाट लडेर डाेल्पामा दुई जनाको मृत्यु भएको छ। ठुलीभेरी नगरपालिका-४ मा पर्ने तिप्ला तातोपानी जोड्ने बाटोबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

रोल्पा सुनछहरी गाउँपालिका-३ बस्ने अन्दाजी ३३ वर्षीया पार्वती घर्ती र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका -३ बस्ने १८ वर्षीय किरण भण्डारीकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार ‘घटनाका बारेमा बिहीबार बिहानमात्र प्रहरीलाई खबर आएको थियो। ‘खबर आउनेवित्तिकै प्रहरी पुग्यो। मृतकहरूको शव संकलन गरेर जिल्ला अस्पतालमा पुर्‍याइएकाे उनले बताए ।

प्रहरीका अनुसार मृतक दुबैजना मजदुर हुन् । हाल तिप्ला गाउँ जोड्ने खानेपानी आयोजनामा काम गर्दै थिए । यस अघि तिप्ला तातोपानी जोड्ने सडकमा काम गर्थे ।

तपाइको प्रतिक्रिया