ताजा समाचार

त्रिपुरासुन्दरी–३मा फाइबर इन्टरनेट र ल्याण्डलाइन सेवा विस्तार, जनतामा खुसीको लहर

विष्णुप्रसाद देवकोटा

डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–३ का बासिन्दाले अब फाइबर इन्टरनेट र ल्याण्डलाइन फोन सेवा प्रयोग गर्न पाउने भएका छन्। भक्त बहादुर केसीकाे निरन्तर पहल, सहजीकरण तथा नेपाल टेलिकमका हालका कार्यालय प्रमुख दया विक्रम केसीको विशेष सहयोगमा वडाको सू र जिउ क्षेत्रमा सेवा विस्तार गरिएको हो।

बिकट भौगोलिक अवस्थाका बाबजुद नेपाल टेलिकमले करिब ६ किलोमिटर दूरीसम्म फाइबर तार बिछ्याएर सेवा उपलब्ध गराएको छ। यस कार्यमा नेपाल टेलिकमका प्राविधिक मित्र नवराज भट्टराई, गोपाल मण्डल र चन्द्र पुनको उल्लेखनीय भूमिका रहेको छ। कठिन भूगोलमा पुगेर जनताको सेवा सुनिश्चित गर्ने उनीहरूको समर्पणप्रति स्थानीयवासी आभारी भएका छन्।

वडाध्यक्षले जनताको आवश्यकतालाई प्राथमिकतामा राखी पटकपटक टेलिकमसँग समन्वय गर्दै आउनु भएको थियो। यसकै फलस्वरूप आज जिउ र वरपरका बासिन्दाले आधुनिक सञ्चार सुविधाको प्रयोग गर्न पाउने भएकाे स्थानीय रामबहादुर गुरुङले बताए ।

लाइन जडान गरिएको घरधुरीहरूमा निम्न व्यक्तिहरू रहेका छन्:

स्थानीयवासीले सेवा विस्तार गर्ने नेपाल टेलिकमलाई, प्राविधिक टोलीलाई र विशेषतः विकासप्रति प्रतिबद्ध वडा अध्यक्ष  भक्त बहादुर केसीलाई मुरिमुरि धन्यवाद व्यक्त गरेका छन्।

अब जनताले सूचना, शिक्षा र सम्पर्कको पहुँच सहज रूपमा उपयोग गर्न सक्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया