विष्णुप्रसाद देवकोटा
डाेल्पाकाे सदरमुकाम दुनैस्थित डाेल्पाे बाेन विद्यालयकाे १५ अौ स्थापना दिवस तथा नवनिर्मित भवनकाे उद्घाटन सम्पन्न भएकाे छ ।डाेल्पाे बाेन समाजद्वारा संचालित बाेन विद्यालयकाे १५ अौ स्थापना दिवस तथा नवनिर्मित भवनकाे उद्घाटन विविध कार्यक्रम गरेर सम्पन्न भएकाे हाे ।
असहाय अभिभावक विहिन र आर्थिक विपन्न बालबालिकालाई आवासीय शिक्षा प्रदान गर्ने उद्देश्य सहित स्थापना भएकाे डाेल्पाे बाेन विद्यालयकाे १५ अौ स्थापना दिवसकाे अवसरमा राष्ट्रिय गायक बद्री पंगेनी माेडल जुना कार्की लगायत स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
स्थापना दिवसका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी राेमबहादुर महतले विद्यालयले लिएकाे लक्ष्य उद्देश्य अनुरुप शैक्षिक उन्नयनकाे लागि गरेकाे याेगदान प्रसंशनिय रहेकाे बताउनु भयाे ।
डाेल्पाे बाेन समाजका अध्यक्ष मुरि निग्मा कुन्क्याप राेकायकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ठुलिभेरीनगरपालिका-३ का वडाअध्यक्ष भक्त बहादुर भण्डारी नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा सहितका अतिथिहरुले विद्यालयले आगमी बर्षहरुमा लक्ष्य र उद्देश्य सहितकाे याेगदानलाई निरन्तरता दिन सके ठूलाे उपलब्धि हुने बताउनु भयाे ।
विद्यालयकाे स्थापना दिवसकाे अवसर पारेर विद्यालयमा नवनिर्मित डाइनिङ हलसहितकाे भान्सा घरकाे समेत उद्घाटन गरिएकाे छ ।
डाेल्पाे बाेन समाजका उपाध्यक्ष इन्द्र राेकाया ( शेराप)ले विद्यालयकाे नाम बाेन भएपनि सबै जातजाति धर्म वर्ग र लिङ्गका बालबालिकालाई शिक्षा दिने उद्देश्य संस्थाकाे रहेकाे बताउनु भयाे ।
आगमी वर्षदेखि आवासीय विद्यालय संचालन गरि कक्षा ८ सम्म बाेन विद्यालयमा कक्षा ९ देखि दुनैस्थित सरस्वती माद्यामिक विद्यालयमा पठाइने र एसइई उतिर्ण पछि बाेन विद्यालयमा नै निशुल्क खानेबस्ने ब्यस्थापनका साथ डाेल्पाे क्याम्पसमा पढाउने लक्ष्य र उद्देश्य संस्थाकाे रहेकाे पनि उपाध्यक्ष राेकायले जानकारी दिनु भयाे ।
अहिले तल्लाे डाेल्पाका मुड्केचुला जगदुल्ला गाउँपालिका सहित मध्य र उपल्लाे डाेल्पा समेतका ९६ जना बालबालिका आवासीय सुविधा सहित अध्यनरत रहेकाे उपाध्यक्ष राेकायकाे भनाई छ ।
स्थापना दिवसकाे अवसरमा बाेन विद्यालयमा अध्यनरत बालबालिकाले याेगाध्यान लगायत सन्देशमुलक सांस्कृतिक प्रस्तुति पस्केका थिए ।
कार्यक्रमकाे संचालन डाेल्पाे बाेन समाजका उपाध्यक्ष इन्द्र राेकाय ( शेराप) ले गर्नु भएकाे थियाे ।कार्यक्रममा विभिन्न क्षेत्रबाट बाग्लाे सहभागिता रहेकाे थियाे ।