ताजा समाचार

प्रधानमन्त्री दाहालद्वारा कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन निर्देशन

संसद्‍बाट विश्वासको मत लिनेगरी संसद् सचिवालयमा पत्र प्राप्त भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कान्तिपुरसँग पुष्टि गरिसकेका छन्

प्रधानमन्त्रीले मुख्यमन्त्रीका लागि एमालेलाई समर्थन गर्न निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘मंगलबार बिहानसम्म कर्णाली समितिले औपचारिक निर्णय गर्छ होला ।’

उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै आपत्ति जनाइसकेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले आफूले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेको बताए ।

‘विश्वासको मत लिने तयारी छ,’ उनले एमालेलाई मुख्यमन्त्री हस्तान्तरणबारे भने, ‘अरु कुरा थाहा छैन ।’ मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन् । उनले केन्द्रको गठबन्धनको सहमतिअनुसार सरकार अघि बढ्ने विश्वास गरे । ‘गठबन्धनको सहमतिअनुसार नै कर्णाली सरकारबारे निर्णय हुने विश्वास छ,’ उनले भने ।

कर्णाली प्रदेशसभामा ४० सांसद छन् । सरकार जोगाउन मुख्यमन्त्री शर्मालाई एमालेका १० सांसद भए बहुमत पुग्छ । तर एमालेले सरकारको नेतृत्व लिने तयारी गरेको छ । प्रदेशसभामा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्रका १ सांसद छन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!