डाेल्पान्युज डेक्स
नेपाल पत्रकार महासंघकाे नयाँ नेतृत्वका लागि असोज ५ गते निर्वाचन गर्ने भएको छ।
महासंघका अध्यक्ष विपुल पोख्रेलले महासंघका सबै तहका निर्वाचन एकैसाथ असोज ५ गते सम्पन्न गर्नका लागि निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिएका छन्।
आइतबार एक विज्ञप्ति निकालेर उनले निर्वाचन मितिबारे जानकारी दिएका हुन्। उनले समयअवधिभन्दा निर्वाचन केही ढिला हुन गएको भन्दै त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिन तयार भएको जनाएका छन्।
‘महासंघ आफैमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राम्रो पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहन्छु घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरु जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु’, उनले भनेका छन्, ‘महासंघमा लामो समयदेखि वहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूणर उपलब्धि हासिल भएको छ यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपुर्ण हुने विश्वास लिएको छु शुद्धीकरणका क्रममा भएका त्रुटिहरु क्रमशः सच्याउनु पर्ने आवश्यकतासमेत देखेको छु ।”