विष्णुप्रसाद देवकोटा
डाेल्पा,मङ्सिर २७ गते ।जाडाे बढेसंगै डाेल्पा जुफालका जेष्ठ नागरिकलाई न्यानाे लुगालत्ता सहित पाेषणयुक्त आहार वितरण गरेकाे छ ।
डोल्पाको ठुलिभेरी नगरपालिका-७ जुफालका ३६ जना वृद्धवृद्धालाई सम्मानका साथ लुगालत्ता र पाेषण आहार वितरण गरिएकाे हाे ।
वडा भित्रका सत्तरी वर्ष नाघेका वृद्धवृद्धा र असहाय नागरिकलाई सम्मानसँगै सहयोग गरिएको हो।
वृद्धवृद्धाहरुलाई फाइबर सिरक, इलेक्ट्रोनिक जग, च्यवनप्राश लगायतका सामग्रीहरू वितरण गरिएको वडाध्यक्ष धुव्र विक्रम शाहीले जानकारी दिनु भयाे।
वडावासी ज्येष्ठ नागरिक अभिभावक हाम्रो पहिचान, वडावासी ज्येष्ठ नागरिकलाई सहयोग र सम्मान भन्ने नाराका साथ यस वर्षबाट कार्यक्रमको सुरु गएिकाले अब प्रत्येक वर्ष वडाले यस्तो कार्यक्रम गर्ने उहांको भनाइ छ।
अशक्त, असहायका लागि स्थानीय सरकार छ भन्ने आभास दिलाउन यस्ताे कार्यक्रम गरिएको र अन्य वडाले पनि सिक्नुपर्ने शाहीले बताउनु भयाे।
डोल्पामा हिउँद सुरु भएर अत्याधिक चिसो बढेकाले न्यानो सिरक र बिजुली बत्तीबाट पानी तताएर पिउन सहज होस भनेर इलेक्ट्रोनिक जग बाँडिएको वडाले जनाएको छ।
वडाको प्रशासनिक खर्चबाट ज्येष्ठ नागरिकलाई सहयोग गरिएको हो।ठुलिभेरी- ७ का वडाअध्यक्ष ध्रुवविक्रम शाही वडा ८ का वडाअध्यक्ष मनराम ठकुल्ला र निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्ताेष खड्काले बृद्धअबश्थाका नागरिक र असक्तहरुलाई सम्मानका साथ सामाग्री वितरण गर्नु भएकाे थियाे ।