ताजा समाचार

गणतन्त्रको पक्षमा नेकपा एमाले डाेल्पाले गर्याे दुनैमा जनप्रदर्शन

नेकपा (एमाले) डोल्पाले सदरमुकाम  दुनैमा गणतन्त्रको पक्षमा जागरण सभा र र्याली गरेको छ ।   नेकपा (एमाले) को केन्द्रीय सर्कुलर अनुसार डोल्पामा पनि गणतन्त्रको पक्षमा जागरण सभा गरिएको हो । पछिल्लो समय राजाबादीहरुको क्रियाकलापको बिरोध र गणतन्त्रको पक्षमा नेकपा (एमाले) डोल्पाले सदरमुकाम दुनैमा जागरण सभा र बिरोध र्याली गरेको नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने राजावादीहरुले पछिल्लो समय गरेका अवान्छित गतिबिधिबाट नागरिकले सवै छर्लङ्ग बुझि सकेकोले राजाका मण्डलेहरुले दिवा सपना देखी रहेका छन यस्ता गलत कार्य रोक्न देशका सवै राजनितिक दल एक भएर लाग्नेछन ।

सयौँ बर्ष राज गरेर जनताले के पाएका र अव राजा देशमा आएर के नै गर्ने हुन भन्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारी बोहोराले शव दाह गरेका राजाले केहि मण्डलेको लहलहैमा लागेर गलत काम गरि रहेको बताइन । बोहोराले भनिन ‘यो प्रतिगमन विरुद्धको र्‍याली हो । गणतन्त्रको पक्षको यो अभियान चलिरहनेछ। सबै पार्टीहरु र नागरिक समाजलाई लोकतन्त्रको पक्षमा र पश्चगमनको दष्प्रयासका विरुद्ध गोलबन्द बनौं।’

नेकपा (एमाले) डोल्पाका वडा कमिटीका अध्यक्ष,पालिका अध्यक्ष,ईन्चार्ज,जिल्ला कमिटी सदस्यहरु,पदाधिकारीहरु र प्रदेश कमिटी सदस्य एवम केन्द्रीय नेताहरुको उपस्थितिमा दुनै बजारमा गणतन्त्रको पक्षमा जागरण सभा र र्याली गरिएको थियो । जिल्ला समन्वय समितिको प्राङ्गणवाट सुरु भएको र्याली दुनै बजार परिक्रमा गरि जोकमा कोणसभामा परिनत भई बिभिन्न तहका नेताहरुले सभालाइ सम्बोधन गरेको नेकपा (एमाले) डोल्पाका पार्टी सचिव जनक केसिले जानकारी दिए । सचिव केसिका अनुसार सोमवार नै जिल्ला कमिटीको तेस्रो पूर्ण वैठक बसि पार्टीका बिभिन्न बिषयमा निर्णय गरेको बताए ।

तपाईको प्रतिक्रिया